८ वैशाख २०८१ शनिबार
राजनीति

डार्फरमा अपहरित दुई नेपालीको पहिचान, छुटाउन राष्ट्रसंघको पहल

न्यूयोर्क— सुडानको डार्फरमा बन्दुकधारीहरुद्धारा अपहरित दुई नेपालीलाई छुटाउन संयुक्त राष्टसंघको कार्यलयबाट पहल भइरहेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी नियोग (युएनएचिसआर) को सुडान कार्यलयमा कार्यरत उनीहरुलाई विभिन्न माध्यमबाट वार्ता र पहल भइरहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ।

'हामी नेपाली कुटनीतिक मिसनहरु  र राष्ट्रसंघीय नियोगहरुसँग छलफल गरेर अपहरित छुटाउन काम गरिरहेका छौं', उनले भने, 'शुरुको चरणमा हामीले नेपाली अपहरणमा परेको थाहा पाएर उनीहरुको पहिचान गर्ने काम गर्‍यौं। अब बाँकी काम राष्टसंघीय कार्यलय र नेपाली दुतावास जेनेभाले हेर्दैछ।'

अपहरणमा परेका दुई नेपाली ललितपुर पुल्चोक र धापाखेलका बासिन्दा हुन्। उनीहरु अपहरणमा परेको आधिकारिक जानकारी युएनएचसिआरले परिवारजनलाई दिइसकेको छ।

संयुक्त राष्टसंघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले नेपाली अपहरणमा परेको कुरा राष्ट्रसंघलाई जानकारी भैसकेको र थप पहलका लागि जेनेभास्थित यूएनएचसिआर मुख्यालय तथा नेपाली दूतावासले काम गरिरहेको बताए।

'हामी नेपाली कुटनीतिक मिसनहरु  र राष्ट्रसंघीय नियोगहरुसँग छलफल गरेर अपहरित छुटाउन काम गरिरहेका छौं', उनले भने, 'शुरुको चरणमा हामीले नेपाली अपहरणमा परेको थाहा पाएर उनीहरुको पहिचान गर्ने काम गर्‍यौं। अब बाँकी काम राष्टसंघीय कार्यलय र नेपाली दुतावास जेनेभाले हेर्दैछ।'

न्युयोर्कले राष्टसंघीय मुख्यलयमा जानकारी गराउने र जेनेभास्थित नेपाली दूतावासले लगातार रुपमा राष्ट्रसंघीय निकायको सम्पर्कमा रहेर अपहरित नेपाली छुटाउन पहल गरिरहेका हो। अपहरणबाट छुटाउन सबै संयन्त्रलाई संयमतापूर्वक लगाउनुपर्ने भएकोले त्यसमा सचेत रहेर काम भइरहेको उनले बताए।

लामो समय द्वन्द्वमा फसेको सुडानको पश्चिम डार्फर क्षेत्रबाट दुई दिन अघि दुई नेपाली र एक सुडानीलाई बन्दुकधारीले अपहरण गरेका थिए। अपहरणकर्ता समूहको पहिचान, अपहरितको अवस्थाबारे राष्ट्रसंघीय निकायले अहिलेसम्म केही पनि सार्वजनिक गरेका छैनन्।

प्रकाशित: १५ मंसिर २०७३ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App