coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हप्किडोमा प्रदेश नं ५ उत्कृष्ट

रोल्पा- परिवर्तन गाउँपालिकामा भएको शहीद स्मृति हप्किडो राष्ट्रिय प्रतियोगितामा प्रदेश नं ५ पहिलो भएको छ। आइतबार सम्पन्न उक्त प्रतियोगितामा प्रदेश ५ ले आठ स्वर्ण पदक जितेको छ ।

प्रतियोगितामा छ स्वर्णसहित प्रदेश नं ३ ले दोस्रो तथा तीन स्वर्णसहित कर्णाली प्रदेश तेस्रोे भएको छ। प्रतियोगितामा महिलातर्फ प्रदेश ५ की कविता घर्तीमगर र पुरुषतर्फ प्रदेश ३ का विशाल खड्का उत्कृष्ट खेलाडी घोषित भए। उक्त प्रतियोगितामा आयोजकसहित सात प्रदेशका खेलाडी सहभागी थिए।

प्रतियोगितामा पुरुष र महिलातर्फ ३५ किलोदेखि ७० किलो तौल समूहका खेलाडीले सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा १६ स्वर्ण, १६ रजत र ३२  कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिता सञ्चालन गर्न यहाँका स्थानीय तह र प्रदेश सरकारले सहयोग गरेका थिए। रासस

प्रकाशित: ४ कार्तिक २०७६ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App