स्थानीय तहमा नेकपाको एकता सम्पन्न

सोमबार, ०४ कार्तिक २०७६, १४ : ५० नागरिक

जाजरकोट- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहको एकता सम्पन्न गरेको छ।

आज बिहान सम्पन्न भएको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भेरी नगरपालिकाको अध्यक्षमा मुकुन्द शर्मा र सचिव ललित विक, नलगाड नगरपालिका अध्यक्षमा गणेश सिंह, सचिव जनकबहादुर शाही, छेडागाड नगरपालिका अध्यक्षमा जयराम न्यौपाने र सचिव प्रेमबहादुर खत्री, जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, सचिव गणेश शर्मा, कुशेगाउँपालिका अध्यक्षमा गुम्ब सिंह र सचिव नरबहादुर मल्ल र बारेकोट गाउँपालिका अध्यक्षमा हरिबहादुर थापा र सचिव भक्तबहादुर बस्नेतलाई चयन गरेको छ।

त्यस्तै शिवालय गाउँपालिका अध्यक्षमा रङ्गनाथ योगी, सचिव गोपाल घर्ती रहेका (नेकपा) जाजरकोटका सहइञ्चार्ज नीरज आचार्यले जानकारी दिए। त्यसैगरी जिल्लामा सात कार्यालय टिमसमेत गठन गरिएको छ। कार्यालय टिममा ढकवीर राना, करवीर शाही, प्रताव जैशी, वेदबहादुर शाही, चन्द्र थापा, प्रेम घर्ती र जनकराज शर्मा रहेका छन्।

त्यस्तै जिल्ला समितिको सचिवालयमा ४५ जनालाई समावेश गरिएको छ। १६ लाई वैकल्पिक सचिवालयमा समावेश गरिएको छ। प्रदेश निर्वाचन क्षेत्र समन्वय सचिवालयमा क्षेत्र नं १ मा संयोजक नरबहादुर बस्नेत अध्यक्ष र अमर ओली सचिव रहेका छन्। त्यस्तै क्षेत्र नं २ मा संयोजक चन्द्र थापा र सचिवमा मोतीलाल ओली रहेका छन्।

२२ विभाग, १४ जनसङ्गठन, वडा कमिटीका इन्चार्जसमेत तोकिएको सहइञ्चार्ज आचार्यले जानकारी दिए। त्यस्तै बैठकले पालिकास्तरीय प्रशिक्षण कात्तिक ५ र ६ गते नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा गर्ने भएको छ। कात्तिक ५ गते नलगाड नगरपालिका कर्णाली प्रदेशका सहइन्चार्ज कालीबहादुर मल्ल र जाजरकोट सहइञ्चार्ज नीरज आचार्यले प्रशिक्षण दिइनेछन् भने बारेकोट गाउँपालिकामा आचार्यले दिइने बैठकले निर्णय गरेको छ।

दुई दिनसम्म चलेको बैठकले एकता टुङ्गो लगाएको हो। एकता सम्पन्न गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट आएका थिए। रासस





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad