एघार वर्षपछि गाउँमा बिजुली बल्यो

सोमबार, ०४ कार्तिक २०७६, १४ : ४३ नागरिक

पाल्पा– निस्दी गाउँपालिका–५ को गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली बलेको छ। विद्युतीकरणका लागि काम थालनी भएको ११ वर्षमा बलेपछि गाउँवासी खुशी छन्।

स्थानीय लालीगुराँस विद्युत् सहकारीले जिम्मेवारी लिएर विसं २०६५ देखि गाउँमा विद्युत् सेवा सञ्चालनका लागि काम अगाडि बढाइएको थियो। सहकारीले दुई वर्ष अघिदेखि तीव्र रुपमा विद्युत् विस्तारको काम गरेपछि आइतवार साँझदेखि गाउँमा बिजुली बत्ती बल्न थालेको छ।

बत्तीमुनिको अध्याँरोमा बसेका साविक गल्धा गाविस वडा नं ८ र ९ का २०० घरधुरीमा एकैसाथ बिजुली पुगेपछि गाउँ नै झिलिमिली बनेको छ। लामो समयको प्रयासपछि ११ केभीको राष्ट्रिय प्रसारण लाइनबाट गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको सहकारीका अध्यक्ष दुर्गा सोमैले बताए।

  ‘ग्रामीण भेग भएकाले जो कसैले पनि जिम्मेवारी लिएर काम गर्न चाहदैनन्, बजारदेखि टाढा रहेको यस क्षेत्रमा स्थानीयको सहयोगमा सहकारीले गाउँमा विद्युत् विस्तारको जिम्मा लिएर काम गरेको हो’, उनले भने। 

विद्युतीकरणका लागि उपभोक्ताबाट प्रतिघरधुरी रु दश हजार रकम उठाइएको छ। वर्षौदेखि टुकीको भरमा जीवन बिताएका नागरिक अहिले बिजुली बत्ती बलेपछि खुशी भएको स्थानीय गङ्गा पङ्गेनी बताउँछन्। 

यस क्षेत्रमा विद्युत् लाइन नहुँदा पठनपाठन, कुटानी पिसानी, मोबाइल चार्ज गर्न निकै कष्ट भोग्दै आइरहेको उनको भनाइ थियो। अब विद्युत् सेवा उपभोग गर्न पाइने भएपछि वर्षौदेखिको बिजुली बाल्ने सपना पूरा भएको पङ्गेनीले बताए।

यस क्षेत्रमा विद्युत् लाइनको अभावमा विद्यालय, विभिन्न सङ्घसंस्थामा काम गर्न समस्या थियो। सामान्य कामका लागि रामपुर नगरपालिका नै जानुपर्ने समस्या रहेकोमा अब विद्युत् सेवाको शुरुआत भएपछि ठूलो राहत पुग्ने वृहस्पति प्राथमिक विद्यालयका प्रधानाध्यापक विजय शर्माले बताए। 

 विद्युत् लाइनको पहुँच नपुगेका निस्दी गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ वडामा विद्युत् विस्तार गर्ने योजनाअन्तर्गत साविक गल्धा गाविसका ८ र ९ वडामा बत्ती बाल्ने काम सम्पन्न भएको छ। बाँकी वडामा विद्युत् विस्तारको काम तीव्र रुपमा अगाडि बढाइएको छ। रासस




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad