coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

भीमदत्तनगर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ।

अतिक्रमण गरी बनाइएका टहरा हटाउन यसअघि नै पटक–पटक आग्रह गर्दै सूचना जारी गरे पनि अटेर गरेकाले प्रहरी प्रशासनको सहयोगमा अतिक्रमण हटाइएको नगरपालिकाले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गदेखि २५ मिटर दायाँ र बायाँ बनेका छाप्रा र पसल हटाउने कार्य आज यहाँको भानुचोकदेखि शुरु हुने वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिए।

आइतबार बिहान यहाँको शिवमन्दिर क्षेत्रबाट बसपार्कसम्मका सडक छेउका अतिक्रमण गरी बनाइएका संरचना हटाइएको प्रहरी निरीक्षक बुढथापाले बताए। रासस

प्रकाशित: ४ कार्तिक २०७६ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App