फरार १८ अभियुक्त पक्राउ

सोमबार, ०४ कार्तिक २०७६, १३ : ०४ नागरिक

सप्तरी । प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ  गरेको छ।

विभिन्न आपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार १४ अभियुक्त र अदालतबाट दोषी ठहर भई फरार चरा गरी १८ अभियुक्तलाई तीन महीनायता खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए।

प्रहरीले लागुऔषध, जालसाजी, चोरी, डकैती, सार्वजनिक अपराध, बलात्कार, हत्या र कुटपिटलगायतका अभियोगमा अदालतबाट सावित भए पनि सजाय भुक्तान नगरी फरार रहेका उनीहरुलाई  पक्राउ गरेको प्रहरी उपरीक्षक प्रर्साइँले जानकारी दिए।

जसमध्ये ज्यान मार्ने उद्योगका पाँच, ठगीका एक, जबर्जस्ती करणीका चार, कर्तव्य ज्यानका दुई, सवारी अङ्गभङ्गका एक, सवारी ज्यानका उक, अपहरण तथा शरीर बन्धकका एक, चोरीका दुई र एक जना बोक्सी आरोपमा कुटपिट घटनाका अभियुक्त रहेका छन्। पछिल्लो पटक प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

यसअघि पनि प्रहरीले २०७६ असार ७ गते भएको सवारी दुर्घटनाका फरार अभियुक्त उदयपुरको त्रियुगा नगरपालिका–१२ निवासी भागवत मलहालाई पक्राउ गरेको थियो। यस्तै प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्तद्वय महादेवा गाउँपालिका–१ बस्ने २० वर्षीय अताहुसेन मियाँ र राजगढ गाउँपालिका–१ बस्ने ५५ वर्षीय बिन्देश्वर मण्डललाई पनि पक्राउ गरेका थिए।

ज्यान मार्ने उद्योगमैै दोषी भई फरार हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का मुगालाल महतो, धनश्याम महतो र श्याम महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सप्तरी प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउन र फरार प्रतिवादीलाई पक्राउ गर्न अभियान सँगसँगै सिमाक्षेत्रबाट हुने चोरी तस्करी रोक्न पनि सुरक्षा निगरानीमा कडा पारेको उनले जानकारी दिए। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad