यौनहिंसाविरुद्ध हजारौंको प्रदर्शन

सोमबार, ०४ कार्तिक २०७६, १२ : २७ नागरिक

जाग्रेब – पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाविरुद्ध हजारौंले प्रदर्शन गरेका छन्। उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

महिला अधिकारवादीहरुको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले ‘महिलालाई न्याय दे, दोषीलाई कारबाही गर’ भन्दै नारा लगाएका थिए।

यसै महिनाको सुरुमा जाडारमा पाँच युवाको समूहले १५ वर्षीया एक युवतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो। अदालतले दोषी आरोपी सबैलाई अनुसन्धानका लागि ३० दिन थुनामा राख्न आदेश दिएको अधिकारीहरुले जनाएका छन्।  उनीहरुलाई पर्याप्त अनुसन्धान गर्न र दोषी पाइए सख्त कारबाही गर्न माग गर्दै हजारौं महिला अधिकारवादी तथा आफन्तले शनिबार राजधानी जाग्रेबको मध्य भागमा प्रदर्शन गरेका थिए।

प्रदर्शनकरीले ‘दोषीलाई कारवाही नहुनु आफैंमा अर्को अपराध हो’ लेखिएको ब्यानर पनि प्रदर्शन गरेका थिए। प्रदर्शनका आयोजकहरुले कानुनको शासन कायम गर्न पनि माग गरेका छन्। उनीहरुले यस मुद्दालाई अर्को अदालतमा लैजानुपर्नेमा जोड दिएका छन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad