८ वैशाख २०८१ शनिबार
कला

चिनियाँ अभिनेत्री नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं – चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गरेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गर्दै नेपाल भ्रमण वर्षले फड्को मार्ने अपेक्षा गरेको बताएका थिए। ‘सामाजिक सञ्जाल करिब १ करोड ६० लाख फलोअरले फछ्याएकी, हलिउडलगायत अन्तर्राष्ट्रिय मञ्चमा विशेषरुपमा चिनारी भएकी चिनियाँ कलाकार सी छिङलाई भ्रमण वर्ष २०२० को सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। अभिनेत्री छिङले कार्यक्रममा बोल्दै बुद्ध जन्मेको देशको सद्भावना दूत हुन पाउँदा खुशी भएको बताएकी थिइन्।

नेपाल भ्रमण वर्ष २०२० को लागि चिनियाँ सद्भावना दूत नियुक्त भएपछि अभिनेत्री सी छिङ्ले सामाजिक सञ्जालमा बधाई र सकारात्मक सन्देश पाइरहेकी छिन्। सद्भावना दूत बनेलगत्तै उनले सामाजिक सञ्जालमा फोटो राखेकी थिइन्। ‘नेपाल र चीनबीचको पुरानो मित्रता छ। हिमालय क्षेत्र रहस्य र सौन्दर्यले भरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत बन्न पाएकोमा अत्यन्त सम्मानित महसुस गरेकी छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन विश्वका विभिन्न मुलुकमा तत्काल सद्भावना दूतहरु नियुक्त गर्ने तयारी गरिएको जानकारी दिएका थिए। त्यसका लागि उनले उपयुक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पनि आग्रह गरेका थिए।

प्रकाशित: ४ कार्तिक २०७६ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App