coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कृषक समूह महासंघकाे सामाजिक लेखाजोखा

काठमाडौं – राष्ट्रिय कृषक समूह महासंघ नेपालको छैटौं सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संघीय संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले कृषि, भूमि र प्राकृतिक अधिकारका क्षेत्रमा काम गर्ने सबै संस्था एकीकृतरूपमा अघि बढ्दा उद्देश्य प्राप्ति सहज हुने सुझाव दिइन्।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी र राष्ट्रिय किसान आयोगका सदस्य रवीन्द्र केसीले राष्ट्रिय कृषक समूह महासंघ राजनीतिक गतिविधिभन्दा पनि किसानकै हकहितका खातिर एकसूत्रीयरूपमा अघि बढ्न सुझाए। कृषि, भूमि र प्राकृतिक स्रोतका क्षेत्रमा कार्यरत निकाय, संस्थाका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा सबैको सुझाव संकलन गरिएको थियो।
 

प्रकाशित: ४ कार्तिक २०७६ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App