coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टेस्टमा शर्माको दोहोरो शतक

राँची – रोहित शर्माले टेस्ट करियरमा पहिलो दोहोरो शतक पूरा गरेको दिन आइतबार भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा ४ सय ९७ रनमा ९ विकेट गुमाउँदा इनिङ समाप्तिको घोषणा गरेको छ।

शर्माले २ सय १२ रनको योगदान दिँदा अजिन्क्या रहानेसँग चौथो विकेटका लागि २ सय ६७ रनको साझेदारी गरेपछि घरेलु टोली भारतले अन्तिम टेस्टमा एक विकेट बाँकी छँदै इनिङ समाप्तिको घोषणा गरेको हो। जबाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दोस्रो दिनको खेल समाप्तिमा निकै खराब सुरुआत गर्दा ९ रनमै दुई विकेट गुमाएको छ।

त्यसपछि जुबाएर हम्जा बिनारन र कप्तान फाफ डु प्लेसिस १ रनमा क्रिजमा हुँदा खराब प्रकाशका कारण दोस्रो दिनको खेल समाप्त गरिएको थियो। दोस्रो दिन भारतको बलिङमा मोहम्मद सामीले सफलता दिलाउँदा दक्षिण अफ्रिकाका डिन एल्गरलाई खाता नखोल्दै पवेलियनको बाटो देखाए।

लगत्तै अर्का तीव्र गतिका बलर उमेश यादवले पनि दक्षिण अफ्रिकाका अर्का ओपनर क्विन्टन डी ककलाई ४ रनमा आउट गरे। दक्षिण अफ्रिकाका दुवै ओपनर भारतका विकेटकिपर रिद्दीमान साहद्वारा क्याच भए। त्यसअघि भारतको इनिङमा खाना समयपश्चात नै शर्माले लुंगी ङिदीको बलमा छक्का प्रहार गर्दै दोहोरो शतक पूरा गरेका थिए। शनिबार पनि शतक पूरा गर्न शर्माले छक्का प्रहार गरे।

आइतबार पनि सोही किसिमको शैलीसँगै यादगार दिन बनाएसँगै घरेलु समर्थकले उठेर शर्मालाई सम्मान व्यक्त गरे। दोहोरो शतक बनाएपछि झनै आक्रामक बनेका शर्माले कागिसो रबाडाको बलमा पनि छक्का प्रहार गर्ने चक्करमा बाउन्ड्री लाइनमा क्याच  भए। त्यससँगै पवेलियन फर्किने क्रममा शर्मालाई दक्षिण अफ्रिकाका खेलाडीले समेत बधाई दिएका थिए।

एक समय भारत कठिन स्थितिमा रहँदा शर्माले रहानेसँग मिलेर इनिङ समाले। रहानले पनि १ सय १५ रन बनाउँदै भारतको इनिङ उकासे। एकदिवसीयमा तीन दोहोरो शतक बनाएका शर्माले टेस्टमा पनि सोही लय दोहो¥याए। त्यस क्रममा शर्माले २८ चौका र ६ छक्का प्रहार गरे। रहानेले पनि ८३ रनबाट दोस्रो दिनको खेल सुरु गर्दा शतक बनाउन सफल भए।

जर्ज लिन्डेको बलमा आउट हुनुअघि रहानेले १७ चौका र एक छक्का प्रहार गरे। रहाने र शर्माको जोडी आउट भएपछि रवीन्द्र जडेजाले ५१ रन बनाउँदै भारतको इनिङ उकासे। जडेजा पनि लिन्डको बलमा विकेट किपर हेनिरिच क्लासेनद्वारा समातिए। जडेजाको इनिङमा चार चौका समावेश थियो।

रिद्धिमन साहले २४ रन र उमेश यादवले ३१ रन बनाउँदै भारतको इनिङलाई बढाएका थिए। दक्षिण अफ्रिकाको बलिङमा रबाडाले तीन विकेट लिँदा लिन्डेले दुई तथा एनरिच नोर्चे र डेन पिएटले समान १÷११ विकेट निकाले। तीन खेलको शृंखला भारतले २–० ले आफ्नो पक्षमा पारिसकेको छ। एकदिवसीय क्रिकेटमा तीन दोहोरो शतक बनाएका शर्माले टेस्टमा पनि सोही लय दोहो¥याए। त्यस क्रममा शर्माले २८ चौका र ६ छक्का प्रहार गरे।

प्रकाशित: ४ कार्तिक २०७६ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App