coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लय समात्दै सिटी

लन्डन – म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा जितको लय समातेको दिन शनिबार टोटेनह्यामले भने वाट्फोर्डविरुद्ध हारको संकट टारेको छ। पेप ग्वार्डिओलाको टोलीले लन्डन भ्रमण निस्किँदा टोली शीर्ष स्थानमा लिभरपुलभन्दा ८ अंकले पछि थियो। सिटीले पछिल्लो ४ लिग खेलमा २ खेल गुमाएको थियो। तर शनिबार क्रिस्टल प्यालेसविरुद्ध भने सिटी स्वाभाविक लयमा देखिएको थियो।

यसअघि टोटेनह्याम अन्तिम समयमा वाट्फोर्डविरुद्ध हार संटक टार्दा  शीर्ष ४ भित्रकै चेल्सी र लेस्टर सिटीले भने सुखद नतिजा ल्याए। सिटीले लयमै रहेको प्यालेसलाई २–० ले हराएको हो। सिटीको जितमा ग्याब्रियल जिसस र डेविड सिल्भाले समान एक गोल गरे। ग्वार्डिओलाले रक्षकको प्रशंसा गरे पनि अग्रपंक्तिमा भने अझै सुधार आवश्यक रहेको बताए। सिटीले २१ सट प्रहार गरेको थियो।

‘दुर्भाग्यवश, हामीले पाएका अवसरको भरपूर सदुपयोग गर्न सकेनांै, तर पनि जितका साथ स्पष्ट ३ अंक बटुल्न सफल भयौं,’ ग्वार्डिओलाले भने, ‘आशा छ, हामी अब जितको लयलाई निरन्तरता दिनेछाैँ। हामीले सुधारिएको प्रदर्शन गर्न पनि आवश्यक छ।’

३९औं मिनेटमा जिजसको गोलमा सिटीले अग्रता लिएको थियो। त्यसको दुई मिनेटपछि नै सिटीका लागि डेविड सिल्भाले अग्रता दोब्बर पारेका थिए। यस जितपछि ९ खेलमा १९ अंक जोडेको सिटी दोस्रो स्थानमा छ भने लिभरपुल शीर्ष स्थानमा यथावत् छ, जुन शीर्ष स्थानमा बसेको लिभरपुलभन्दा ५ अंक कम हो। त्यस्तै तेस्रो स्थानको लेस्टर र चौथो स्थानको चेल्सीको समान १७ अंक छ भने आर्सनल १५ अंकका साथ पाँचांै स्थानमा छ।

यता टोटेनह्यामले अन्तिम स्थानको वाट्फोर्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ। यसअघि लिगमै ब्राइटनँग ३–० ले पराजित भएको टोटेनह्याम बायर्न म्युनिखसँग च्याम्पियन्स लिगमा ७–२ ले स्तब्ध भएको थियो। गत सिजन च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा गरेको टोटेनह्यामले सबै खाले प्रतियोगिता गरी सुरुआती १२ खेलमध्ये ३ वटा खेलमा मात्र सुखद नतिजा ल्याएको छ।

खेलको छैटांै मिनेटमै अब्दाउलाय दौकौरेको गोलमा वाट्फोर्ड खेलमा अघि बढेको थियो। तर खेल सकिन अन्तिम ४ मिनेट बाँकी  हुँदा डिले अलीले टोटेनह्यामलाई खेलमा फर्काएका थिए। अलीले जनवरीपछि टोटेनह्यामका लागि गरेको यो पहिलो गोल हो।

‘हामीले आफैंलाई  कठिन अवस्थामा ल्याएका छांै, टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने, ‘हामीले खेल नियन्त्रणमा लिए पनि पाएका अवसर सदुपयोग गर्न भने सकेनौं।’ त्यस्तै शनिबारै भएका अन्य खेलमा लेस्टरले बर्नलीलाई २–१ ले हराउँदा चेल्सीले न्युक्यासल युनाइटेडलाई १–० ले हरायो।यस जितपछि ९ खेलमा १९ अंक जोडेको सिटी दोस्रो स्थानमा छ भने लिभरपुल शीर्ष स्थानमा यथावत् छ, जुन लिभरपुलभन्दा ५ अंक कम हो।

 

 

प्रकाशित: ४ कार्तिक २०७६ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App