८ वैशाख २०८१ शनिबार
खेल

आयोजकको विजयी सुरुआत

खोटाङ – सिर्जनात्मक एकता युवा सेवा समाज च्यास्मीटारलाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सुरु होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला सिली फुटबल क्लबले विजयी सुरुआत गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सञ्चालन हुँदै आएको गोल्डकपको उद्घाटन खेलको  निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।  

प्रतियोगितामा साकेला सिली फुटबल क्लब, हलेसी तुवाचुङ फुटबल क्लब र सिर्जनात्मक एकता युवा सेवा समाजको संयुक्त आयोजनामा सुरु गरिएको हो। प्रतियोगितामा विभिन्न जिल्लाका २२ टिमको सहभागिता छ। पुरुष फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख र रनिङ कप तथा दोस्रो हुने टोलीले ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक साकेला सिली फुटबल क्लबका अध्यक्ष राईले बताए।
 

प्रकाशित: ४ कार्तिक २०७६ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App