७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्यटक पठाउन एनआरएनलाई आग्रह

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विश्वभर रहेका गैर आवासीय नेपालीलाई आफ्नो एकजना साथी नेपाल पठाउन आग्रह गरेका छन्।

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र गैरआवासीय नेपाली संघबीच आइतबार भएको सम्झौताका क्रममा मन्त्री भट्टराईले अबको दुई महिनाभित्र नेपाल भ्रमण वर्ष सुरु हुने भएकाले सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा एनआरएनएको महत्वपूर्ण योगदान हुनसक्ने जनाए।

उक्त सम्झौताअनुसार नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा विश्वभर छरिएर रहेका एनआरएनएले नेपालसम्बन्धी प्रचार–प्रसारमा जोड दिने लगायतको सहयोग गर्ने जनाइएको छ।

‘नेपालको प्राकृतिक सौन्र्दयताभन्दा २० पर्यटक ठूलो योजना नभएपनि छोरो समय र चाँहेजति प्रचार–प्रसार हुन नसक्दा उक्त लक्ष्य भेट्नेमा शंका छ,’ भट्टराईले भने, ‘हरेक देशबाट एनआरएनएका साथीहरुले पठाउने पर्यटकको तथ्यांक राखेर सबैभन्दा बढी पर्यटक पठाउने व्यक्ति तथा संघको नाम सम्मानका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्नेछौं।’

भ्रमण वर्षलाई २०२० को रुपमा मात्रै नहेरेर यसलाई दशककै रुपमा हेर्नुपर्ने उनको धारणा छ। पर्यटन उद्योगलाई देश विकासको मेरुदण्डको रुपमा विकास गर्न सरकारले प्रर्यटन वर्षको अवधारणा ल्याएको उनले बताए। देशको कुल बजेटमध्ये वार्षिक १० प्रतिशतको योगदान, ३५ लाख पर्यटन भित्र्याउने लक्ष्य र दुई लाख रोजगारी सिर्जना गर्न अबको एक दशकलाई भ्रमण दशकको रुपमा लिनुपर्नेमा उनले जोडदिए।

नेपाल चाडै भौतिक पूर्वाधार सम्पन्न मुलुक बन्ने अपेक्षा जनाउँदै मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ट्याक्सी वेलाई रन वेसम्म जोड्ने काम भइरहेको तथा भू–कठिनाइले अर्को धावनमार्ग नबन्ने अवस्था रहेकाले उक्त विमानको विकल्प खोजिएको जानकारी गराए। भ्रमण वर्षको सुरुवातमै गौतमबुद्व विमानस्थल सञ्चालनमा आउने जानकारी दिँदै मन्त्री भट्टराईले सन् २०२१ भित्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सक्नेगरी काम भइरहेको पनि बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साघुरो बन्दै गएको भन्दै उनले साना विमानलाई काठमाडौं बाहिर केन्द्रित गर्दै ठूला जहाजलाई मात्रै काठमाडौंमा एक्सेस दिने योजना रहेको जनाए। ‘त्रिभुवन विमानस्थलमा जहाज होल्डमा पर्ने समस्या बढ्दै गएको छ। यसले हजारौ यात्रुलाई असुविधा परिरहेकाले साना विमानलाई काठमाडौं बाहिर केन्द्रित गराउने हो,’ उनले भने। विमानस्थलाई बुटिक एयरपोर्टको रुपमा विकास गरिसकेको जनाउँदै उनले अध्यागमन विभागमा अत्याधुनिक प्रविधिसहितको सुविधासम्पन्न उपकरण जडान कार्य अगाडि बढाइएको बताए।

एनआरएनए नेपाल भ्रमण वर्ष २०२०को आयोजक सदस्य पनि रहेकाले संघका पदाधिकारी मध्येबाट एक जनालाई फोकस पर्सनको रुपमा भ्रमण वर्ष प्रवद्र्धनमा लाग्न उनको आग्रह छ। प्रत्येक देशमा सम्बन्धित देशको दूतावासमार्फत सन् २०२०को जनवरी पहिलो साता नेपाल भ्रमण वर्षको सुरु हुने उनले बताए।

नेपालको पर्यटनलाई विश्वसामु चिनाउन आउदो जनवरीमा विश्वभरका पर्यटन मन्त्रीलाई नेपाल बोलाएर सम्मेलनको तयारी भइरहेको मन्त्री भट्टराईले जनाए। कार्यक्रममा बोल्दै नवनिर्वाचित गैरआवासीय नेपाली संघका अध्यक्ष्य कुमार पन्तले विश्वका १६ महŒवपूर्ण हिमालमध्ये १५ हिमाल नेपालमै रहेकाले पर्यटक अभाव हुन नदिने प्रतिबद्वता व्यक्त गरे। अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुमा नेपालबारे गलत समाचार सम्प्रेषण भईरहेको जनाउदै उनले नेपालको पर्यटनलाई असर पर्ने गरि हुदै आएको कुप्रचार रोकिनु पर्नेमा जोड दिए। ‘पश्चिमा मिडियाले नेपालबारे कुप्रचार गरिरहेका छन। हामीले उक्त प्रचारलाई गलत सावित गरेर देखाउनपनि काम गर्नुपर्ने छ।’ उनले भने ‘हाम्रो हिमाल सुरक्षित छन। सगरमाथा नेपालमा छ भन्ने पनि कतिलाई थाहा नै छैन। सहि प्रचार प्रसारमा जोड दिन आवश्यक छ।’ झोला बोकेर आउने पर्यटकले मात्रै नेपाल समृद्व नहुने बताउदै उनले एनआरएनएले नेपालको पर्यटन प्रर्वद्वन तथा आर्थिक विकासमा सहयोग पु-याउन कुनै कसर बाँकि नराख्ने उनको भनाई छ।

त्यस्तै भ्रमण बर्षका संयोजक सुरज बैद्यले समपन्न सम्झौताले नेपालको पर्यटकिय क्षेत्रमा नयाँ आयाम थपिएको जनाए। ‘ एनआरएनएसंगको सहकार्यले पर्यटकको संख्या बढ्नेमा आशाबादी छौ।’ उनले भने ‘सम्बद्व देशमा नेपाल भ्रमणबारे प्रचार गरेर नेपालको अर्थतन्त्र, रोजगार बढाउनमा सहयोग गर्नुहोस्।’

सम्झौतामा एनआरएनएका अध्यक्ष कुमार पन्त र भ्रमण बर्षका संयोजक सुरज बैद्यले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता अनुसारमा नेपालको भ्रमण बर्ष प्रर्वद्वन गरिने विभिन्न १६ बुदाहरु रहेका छन्।

प्रकाशित: ४ कार्तिक २०७६ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App