७ वैशाख २०८१ शुक्रबार
खेल

सबैभन्दा उचाइमा गल्फ

काठमाडौं –  बाह्रखरी मिडियाको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ। ४ हजार २ दुई सय ५० मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो। नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा उल्लेखनीय सहयोग पु¥याउने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको पहिलो दिन आइतबार ४ हजार २ सय ५० मिटर उचाइमा रहेको सगरमाथा क्षेत्रको कोङ्दे री मा ६ गल्फर र ३ हजार ८ सय ८० मा रहेको स्याङ्बोचेमा ८ जना खेलाडीले एक होल खेलेका थिए।

खराब मौसमका कारण पहिलो दिन सबै खेलाडीले सहभागिता जनाउन पाएनन्। तर, लुक्लामा सहभागी खेलाडीहरूले भने खेल्ने अवसर पाएका थिए। दुई चरणमा खेलाइएको प्रतियोगिताका बाँकी १७ होल दोस्रो चरणमा अक्टोबर २६ मा काठमाडौंको गोकर्ण रिसोर्टमा खेलाइनेछ। प्रतियोगिताले नेपाली पर्यटन प्रवद्र्धनमा नयाँ आयाम ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगिताका सहभागी खेलाडीको धारणा छ।

‘अविस्मरणीय क्षण रह्यो मेरा लागि।  गल्फ आफैँमा धेरै रोमाञ्चक खेल हो। अहिले बाह्रखरीले कोङ्देमा यो प्रतियोगिता आयोजना गर्नु नै हामी खेलाडीको लागि ऐतिहासिक क्षण हो। यो नेपालका लागि मात्र होइन, विश्वकै इतिहासमा पहिलो पटक अग्लो स्थानमा खेलाइएको प्रतियोगिताको रूपमा हेरिएको छ,’ समिट एयरका सञ्चालक तथा गल्फर विकास राणाले भने।

साथै उनले देशको पर्यटकीय क्षेत्रमा भएको यो प्रतियोगिताले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने पनि बताए। अन्तर्राष्ट्रिय मिडियाले यसको कभरेज गरेकाले पनि विश्व जगत्मा यो प्रतियोगिताले आफ्नो छुट्टै महत्व राख्ने उनको विश्वास छ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा उल्लेखनीय सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो। दुई चरणमा गरी करिब एक सय गल्फरले प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय मिडियाले पनि प्रतियोगितालाई महत्वपूर्ण हिसाबले हेरेको हुनाले यसले पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।

‘मैले ३० वर्षदेखि गल्फ खेल्दै आइरहेको छु। मेरो आफ्नै गल्फ खेलको करियरमा नयाँ इतिहास रचेको अनुभव गरेको छु। यस्तो खालको प्रतियोगिता मेरा लागि पहिलो पटक हो। यो प्रतियोगितालाई मैले प्रतिस्पर्धाभन्दा पनि नयाँ अनुभवको रूपमा लिएको छु।

हिमालको फेदमा नै गल्फ खेल्ने अवसर जुराइदिएकोमा आयोजकप्रति आभारी छु,’ गल्फर राजेन्द्र क्षेष्ठले भने। त्यस्तै प्रतियोगितामा सहभागी आरती रानाले कोङ्देमा गल्फ खेल्दा एउटा नयाँ खालको ऊर्जा आएको बताइन्। १० वर्षे गल्फ करियरमा पहिलो पटक यो खेलप्रति आनन्द आएको महसुस भएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय मिडियाले पनि प्रतियोगितालाई महत्वपूर्ण हिसाबले हेरेको हुनाले यसले पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित: ४ कार्तिक २०७६ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App