७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रेकिङ आएका अष्ट्रियाका नागरिकको धादिङमा मृत्यु

मृतक अस्ट्रियाका नागरिकको शव हेलिकप्टरमा मार्फत ल्याइँदै । तस्बिर सौजन्यः जिपका धादिङ

धादिङ– उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नं १ को सोमदाङमा अष्ट्रियाका नागरिक ६७ वर्षीय विल्हियम विहिण्डर  को मृत्यु भएको छ। ट्रेकिङका लागि आएका उनी शनिबार साँझ हिड्दै गर्दा नाकबाट रगत बगेर ढलेका थिए।

मृतकको शव प्रहरीको टोलीले हेलिकप्टर मार्फत टिचिङ अस्पतालमा लगेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

घटनास्थलमा पुगेका जिल्लाका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार उनी एक जना साथीसँगै गोरखाको पर्यटकिय क्षेत्रको पदयात्राका लागि हिडेका थिए। शनिबार सोमदाङमा साँझ खाजासहित पिय पदार्थ समेत खाएका उनी एक्कासी ढलेको प्रहरी उपरीक्षक बैदवारले बताए।

‘धादिङको रुविभ्याली हुँदै गोरखाको मनास्लु जाँदै गरेका अष्ट्रिया नागरिकको मृत्यु भएको खबर आएपछि हामी हेलिकप्टर लिएर घटनास्थलमा पुग्यौँ’, उनले भने, ‘अत्याधिक चिसो बढेका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरेका छौं।’

उनका साथमा अन्य दुईजना विदेशी नागरिक पनि रहेको बैदवारले बताए। पर्यटकिय क्षेत्रको भम्रणका लागि आएका उनी काठमाडौंबाट नुवाकोट, रसुवा हुँदै सोमदाङ पुगेका हुन्। उनीहरु ट्रेकिङका लागि काठमाडौंस्थित हाई कन्ट्री ट्रेकिङ प्रालिमार्फत आएका थिए। घटनास्थल प्रहरी चौकी सेर्तुङबाट १० घण्टा पैदल दुरीमा छ। 

प्रकाशित: ३ कार्तिक २०७६ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App