सहकारीले लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने

आइतबार, ०३ कार्तिक २०७६, १६ : १८ नागरिक

काठमाडौं- ब्रह्मपुरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका छोराछोरीको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि लोकसेवाको तयारीलगायत अन्य प्रतिस्पर्धाका लागि कक्षा सञ्चालन गर्ने भएको छ।
 
यसैगरी सदस्यहरूलाई शेयर लाभांशमा जम्मा हुन आएको रकमबाट १२ प्रतिशत र राहतकोषबाट तीन प्रतिशत गरी शेयर पूँजीमा १५ प्रतिशत रकम उपलब्ध गराउने र महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन गर्नेजस्ता योजना पनि सञ्चालन गरिने उक्त संस्थाको २१औँ वार्षिक साधारणसभामा जानकारी दिइयो।
 
साधारणसभा शुभारम्भ गर्दै महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले सहकारीको रकम डुब्न नदिन नगर क्षेत्रभित्रका सहकारी संस्थाबीच एक ‘इन्फर्मेशन क्रेडिट सेन्टर’ स्थापना गर्नुपर्ने र यस काममा नगरपालिकाले सघाउने जानकारी दिए।
 
केही सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेकाले त्यसलाई नियन्त्रण गर्न सरोकारवालाहरूको सुझावबमोजिम सहकारी ऐनमा केही कडा प्रावधान राखिएको जानकारी दिँदै उनले यसबाट राम्रा काम गर्ने सहकारीलाई परेको अप्ठ्यारो फुकाउन निर्देशिकालाई सरल बनाइने बताए।
 
उक्त नगरपालिका वडा नं ९ का अध्यक्ष वासुदेव शर्माले सहकारीले दिने सेवा प्रभावकारी हुनुपर्ने र विगतमा घोषणा गरिएका कार्यक्रम कार्यान्वयन गराउनुपर्नेमा जोड दिँदै सहकारीको हितमा नगरपालिकाबाट सहयोग हुने जानकारी दिए।

ललितपुर जिल्ला बचत सङ्घका सचिव श्याम महर्जन,  जिल्ला सहकारी सङ्का सञ्चालक शशिधर पोखरेल,  स्थानीय सहकारी संस्था समन्वय समितिका संयोजक देवेन्द्र पौडेललगायतले सहकारी संस्था सञ्चालनमा बाधा परेका सहकारी  ऐनका केही प्रावधान खारेज हुनुपर्ने, साधारण सदस्यलाई आफ्नो भूमिकाबारे जानकारी गराउनुपर्नेजस्ता विषयमा जोड दिएका थिए।
 
साधारणसभामा उक्त संस्थाका अध्यक्ष श्रीराम पौडेल ‘उदासी’ले उक्त संस्थाको गतिविधि, लेखा समिति संयोजक अरुणकुमार पौडेलले लेखासमितिको प्रतिवेदन, सचिव रामशरण घिमिरेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गोपीकृष्ण घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। रासस




यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad