भाइटीकाको भोलिपल्ट बिदा!

आइतबार, ०३ कार्तिक २०७६, १६ : ०३ नागरिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका (किजा पूजा)का लागि यही कात्तिक १३ मा सार्वजानिक बिदा दिन आफू सकारात्मक रहेको जनाएका छन्।  

पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेका सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नं ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेको थियो। 

भेटपछि सांसद श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर माग सम्बोधनका लागि सकारात्मक जवाफ दिएको जानकारी दिए। प्रदेश सांसद शाक्यले पञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्दा चतुर्दशीमा लक्ष्मीपूजा गर्नुपर्ने  र त्यो सम्भव नहुने जनाए।

नेवाः समुदायको परम्परा अनुसार नेपाल संवत्को नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ। त्यो दिन नेवाः समुदायले दिनभरी धुमधामसँग नेपाल संवत् मनाउँछन् र बेलुका म्हपूजा गर्छन्। पञ्चाङ्ग निर्णायक समितिले बिहान म्हपूजा गर्न तोकेको छ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad