coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालको लगातार तेस्रो हार

काठमाडौं–एसिसी वुमेन्स ट्वान्टी–२० एसिया कप क्रिकेटमा मंगलबार पनि निराशाजनक नतिजा निकालेपछि नेपालको फाइनल खेल्ने सम्भावना सकिएको छ।

नेपाली टोली मंगलबार बंगलादेशसँग९२ रनले पराजित भयो । जारी प्रतियोगितामा नेपाललेलगातार तेस्रो हारहो । यसअघि पाकिस्तानसँग ९ विकेटले पराजित नेपाल अघिल्लो दिन श्रीलंकासँग ८ विकेट पराजित भएको थियो । श्रीलंकाविरुद्ध लज्जास्पद प्रदर्शन गर्ने क्रममा नेपालले २३ रनमात्र जोड्न सकेको थियो । जुन नेपाली महिला क्रिकेटइतिहासकै न्यून स्कोर थियो ।

प्रशिक्षक राजु बस्न्यातको प्रशिक्षणमा रहेको नेपालले जारी थाइल्यान्ड भ्रमणमा कुनै पनि क्षेत्रमा सन्तोषजनक खेल देखाउन सकेको छैन । ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडी कमजोर सावित भइरहेका छन् । एउटा खेलमा एक खेलाडीबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन् । मंगलबार बंगलादेशविरुद्ध सीता रानामगरले मात्र १५ रन बनाइन् । अरु खेलाडीदोहोरो अंकमा रन जोड्न असफल भए । अघिल्ला खेलमा पाकिस्तानविरुद्ध कप्तान रुबिना क्षेत्रीले ११ र श्रीलंकाविरुद्ध ज्योति पाण्डेले १६ रन बनाएका थिए ।

मंगलबार एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी कजेलको मैदानमा बंगलादेशले टस जितेर ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा बंगलादेशले ४ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

ठूलो लक्ष्य पछ्याएको नेपाली टोली ४१ रनमै समेटिएको थियो ।

टेस्ट राष्ट्रलाई हराउने अर्जुनदृष्टि लिएर बैंकक गएकोनेपाली टोली प्रशिक्षक बस्नेतले भनेजस्तै हरेक खेलमा कमजोर साबित हुँदै गएको छ ।

लगातारको हारले महिला टोलीमा थप दबाब बढेकोछ । प्रशिक्षक बस्नेत र कप्तान रुबिना क्षेत्री एकपछि अर्को निराशाजक नतिजापन्छाउन सकिरहेका छैनन् । प्रतियोगिताअघि नै महिला टोलीमा समन्वय र एकताको अभाव देखिएको आरोप लागेको थियो । साथै प्रशिक्षक बस्नेतले खेलाडीमाथि दुव्र्यवहार गरेको आरोपले पनि चर्चा पाएको थियो । यी आरोप पन्छाउँदै कम्तीमा एउटा टेस्ट राष्ट्रलाई हराउने लक्ष्य लिएर बैंकक गएको नेपाली टोलीलाई लगातारको हारले निराश बनाएको छ ।

१ सय ३४ रनको लक्ष्य पूरा गर्न मैदान छिरेको नेपाली टोली क्रिजमा ६७ मिनेट मात्र टिक्न सक्यो।सीताले तीन चौकासहित १५ रन बनाउनु नै नेपालको सुखद पक्ष रह्यो । अन्य खेलमा जस्तै चार खेलाडीले खाता खोल्न सकेनन् । तेस्रो ओभरमा पहिलो विकेटका  रूपमा ज्योति पाण्डेलाई गुमाउँदा नेपालले ७ रनमात्र जोडेको थियो । अर्की ओपनर सरिता छैटौं ओभरमा आउट हुँदा नेपालको खातामा १९ रन थियो । तर सरिता आउट भएपछिअर्को बलमा नेरी थापा पनि फाहिमा खातुनको बलमा एलबिडब्लु आउट भइन् । सीतापछि इन्दु बर्माले दोस्रो ठूलो स्कोरमा ९ रन जोडिन् । उनले एक चौका हानिन् । कप्तान रुबिना (७) बंगलादेशकी जहनारा आलमबाट बोल्ड भइन् । संगीता राईले ४, करुणा भण्डारीले १ र नीरा राजोपाध्यायले २ रन बनाए।

प्लेयर अफ दी म्याच बंगलादेशकी फाहिमाले ४ विकेट लिइन्। प्रभावशाली बलिङ गरेकी उनले ४ ओभरमा ८ रन खर्चेकी थिइन् । नाहिदा अख्तरले २ विकेट लिइन्।

त्यसअघि बंगलादेशका लागी ओपनरद्वय निगर सुल्तानाले ५ चौकासहित सर्वाधिक ३९ र सन्जिदा इस्लामले ३५ जोडेका थिए। शैला शर्मिनले २ चौकारसहित १९ र कप्तान रुमना अहमेदले अविजित १७ रन बनाए।

नेपालबाट संगीता राईले २, सीता र रुबिनाले १–१ विकेट लिएका थिए।

जितपछि बंगलादेश अंकतालिका दोस्रो स्थानमा उक्लँदा नेपाल भने पुछारमा छ। खेलेका सबै तीन खेल जितेको साबिक विजेता भारत ६ अंकसहित शीर्ष स्थानमा छ। बंगलादेश र पाकिस्तानको समान ४ अंक छ। रनरेटमा बंगलादेश दोस्रो स्थानमा पुगेको छ। एक खेल जितेको श्रीलंकाले २ अंक जोड्दै चौथो स्थानमा छ। प्रतियोगितामा आयोजक थाइल्यान्ड र नेपालले मात्र खाता खोल्न सकेका छैनन् ।

नेपालले बिहीबार थाइल्यान्ड र शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १५ मंसिर २०७३ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App