१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

३१ वर्षदेखि फरार तीन अभियुक्त पक्राउ

उदयपुर– ३१ वर्षदेखि फरार उदयपुरका तीन जना अभियुक्त पक्राउ परेका छन्। गत ०४५ सालमा बाँदर मार्न बन्दुक हान्दा लागेको गोलीले एक स्थानीयको ज्यान गएको अभियोगमा अदालतबाट दोषी करार भए पनि भाग्न सफल अभिुक्तहरु पक्राउ परेको उदयपुर प्रहरीले जनाएको छ।

जिल्लाको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीका असरमान माझीले बाँदर मार्ने गरी हानेको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँका स्थानीय कमल राईको त्यतिबेला मृत्यु भएको थियो। बाँदर मार्न प्रहार गरेको गोली लागेर राईको मृत्यु भएको मुद्धामा जिल्ला अदालतले माझीसहितलाई सजाय तोकेकोमा फरार रहेका ३ अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलटारबाट पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१ चौदण्डीका ६८ वर्षीय सोभितमान श्रेष्ठ, सोही ठाउँका ५२ वर्षीय प्रकाश माझी र ६१ वर्षीय दलबहादुर कार्की रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनका अनुसार तीनैजनालाई अदालतले १५ दिनको कैद सजाय तोक्नेगरी फैसला गरेको छ। उनीहरुलाई इप्रका बेलटारमै राखेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित: ३ कार्तिक २०७६ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App