नमूना जनगणना माघ १ गतेबाट सुरु, शिक्षकहरु गणक नहुने

आइतबार, ०३ कार्तिक २०७६, १४ : ५४ नागरिक

काठमाडौं- राष्ट्रिय जनगणना २०७८ को नमूना जनगणना आगामी माघ १ गतेबाट सुरु हुने भएको छ। केन्द्रिय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो।

सही तथ्यांक ल्याउने उद्देश्यका साथ सो नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सूरु गर्न लागिएको पनि विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। सो नमूना जनगणनाका लागि सुपरीवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ।

सुपरीवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको पनि विभागका निर्देशक लामिछानेले बताए। यस अघि शिक्षकहरुलाई जनगणनाको गणकको रुपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरुलाई यसमा परिचालन नगर्ने पनि स्पष्ट पारेको छ।

सबै प्रदेशको २÷२ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ। विभागले सो नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान पनि गरेको छ। पत्रकार सम्मेलनमा विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो  तथा मूल नारा पनि सार्वजनिक गरेको थियो।






यसमा तपाईको मत

अन्य समाचार

बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविधुत बिकास कम्पनी बिच सम्झौता

बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविधुत बिकास कम्पनी बिच सम्झौता

बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविधुत बिकास कम्पनी लिमिटेड बिच काबेली बी वान कास्केड जलविधुत आयोजनामा सहवित्तियकरण कर्जा...

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र...

‘श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात’

‘श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात’

सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ...

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको सानोगाउँमा ९५औं नयाँ शाखा खोलेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख...

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा...

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । ...

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच एनसिएचएलको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगार विभागकोे अनलाइन भुक्तानी संकलनका...

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । ...

Ncell Footer Ad