काठमाडौं– नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ।
आगामी मङ्सिर १५ गतेदेखि आयोजना हुने सो प्रतियोगितालाई लक्ष्य गरेर बीच भलिबल खेलको पूर्वाधार निर्माण थालिएको हो। सागअन्तर्गत बीच भलिबलसहित नौ खेल पोखरामै खेलाइने भएको छ।
बीच भलिबलको हाल भइरहेको एक कोर्टलाई स्तरोन्नति तथा थप तीन नयाँ कोर्ट निर्माण गरिने योजना छ। त्यसैगरी महिला तथा पुरुषको छुट्टाछुट्टै चेञ्जिङ रुम, बत्तीलगायत अन्य पूर्वाधारसमेत निर्माण गरिने बताइएको छ।
फेवाताल किनार बाराहीघाटस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गामा दुई सातामै आवश्यक सबै पूर्वाधार निर्माण गरी काम शुरु गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले बताए।
सो कार्यका लागि राखेपबाट ५२ लाखरुपैयाँ विनियोजन भएपछि उपभोक्ता समितिमार्फत काम शुरु गरिएको उनको भनाइ थियो। नयाँ कोर्ट निर्माणका लागि जमीनको खाल्डाखुल्डी पुर्न करीब पाँच हजार ५०० घनमिटर माटो आवश्यक पर्ने भएकाले पाँच ट्रिपरबाट फेवाताल सफाइअन्तर्गत निकालिएको माटो ओसार्न शुरु गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले बताए।
मैदानमा माटो भरेपछि डेढ फिट बालुवा हालेर निर्धारित समयमै मैदान तयार गरिने उनले प्रतिबद्धता व्यक्त गरे। सागका लागि नेपाली राष्ट्रिय भलिबल टोली एक सातापछि बन्द प्रशिक्षणका लागि पोखरा आउने सदस्य गुरुङले जानकारी दिए। नेपाली टोलीमा महिला तथा पुरुष चार÷चार गरी आठ जनाको सहभागिता रहेको छ। रासस
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
यसमा तपाईको मत