८ वैशाख २०८१ शनिबार
समाज

रोकिराखेको बसमा आगलागी

ललितपुर- ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा बसमा आज बिहान आगलागी भएको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान १० बजेर ५५ मिनेटको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए।

आगलागीबाट पार्किङ गरिराखेको बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ। अर्को सँगै रोकिराखिएको बा २ ख ५९४५ नं. को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए। ढोका बन्द भएको बा ३ ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ।

प्रकाशित: ३ कार्तिक २०७६ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App