८ वैशाख २०८१ शनिबार
राजनीति

बिहीबार प्रधानमन्त्री ओली अजरवैजन जाँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रका प्रमुख (एनएएम)हरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार (२४ अक्टोबर) अजरवैजन जाने भएका छन्।

सम्मेलन आगामी २५ अक्टुबरदेखि २६ अक्टुबरसम्म आयोजना हुनेछ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भ्रमण बारे जानकारी गराएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको नेतृत्व प्रधानमन्त्री ओलीले गर्ने छन्। सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने छन्। उक्त अवसरमा प्रधानमन्त्रीले  राजनीतिक भेटवार्ता पनि गर्ने छन्।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसंग पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रका सचिव शंकरदास बैरागी रहने छन्। प्रधानमन्त्रीको टोली २७ अक्टोरमा नेपाल फर्किने कार्यक्रम रहेको छ।

 

प्रकाशित: ३ कार्तिक २०७६ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App