coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खेल हेरेर फर्कदै गरेकी महिलाको विभत्स हत्या

भोजपुर - भोजपुरको षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ। उनीसंगै रहेकी अर्की एक युवती गम्भीर घाइते भएकी छन्। षडानन्द नगरपालिका १ नेपालेडाँडामा भएको भलिवल प्रतियोगिता हेरेर फर्किदै गरेको अवस्थामा  वडा नम्वर  ३ की २८ वर्षिया कल्पना राईको विभत्स हत्या भएको हो।

उनीहरुको शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नम्वर २ र ३ को सिमानामा पर्ने ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुर  जनाएको छ। भलिवल प्रतियोगिता हेरेर फर्किदै गरेका मृतक कल्पना राई र घाइते १८ वर्षीया नविना राईमाथि अज्ञात व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रयोग भएको थियो।

मृतक कल्पनाको शरिरको विभिन्न भागमा चोट लागेर घट्नाश्थलमै मृत्यु भएको र घाइते नविनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ। घट्नामा संग्लग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका ३ का  २१ वर्षीय प्रदिव बस्नेतलाई प्रक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरवहादुर सलामी मगरले जानकारी दिए।

प्रकाशित: ३ कार्तिक २०७६ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App