टर्की सिरिया तनाव

अमेरिकी सिनेटमा ट्रम्पको व्यापक आलोचना

आइतबार, ०३ कार्तिक २०७६, ०९ : ३४ नागरिक

वासिङटन – अमेरिकी सिनेटमा बहुमतप्राप्त रिपब्लिकन नेता मिच म्याक्कोनेलले राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नलिइकनै भनेका छन्– राष्ट्रपतिको निर्णयले वासिङटनका शत्रुहरूलाई बलियो बनाउने छ, अमेरिकाको गठबन्धनलाई कमजोर बनाउने छ र अमेरिकीहरूलाई थप असुरक्षित बनाउनेछ।

म्याक्कोनेलले द वासिङटन पोष्टमा प्रकाशित आफ्नो लेखमार्फत सो प्रतिक्रिया दिएका हुन्। आलोचकहरूले सिरियामा इस्लामिक स्टेट लडाकुहरूविरुद्ध लड्ने काममा अमेरिकालाई सघाएका कुर्द नेतृत्वको फौजको साथ छोडेको आरोप लगाएका छन्। तर, ट्रम्पले आफ्नो निर्णयले ‘हजारौं हजारको’ जीवन बचाएको दोहो¥याएका छन्।

गत बुधबार राष्ट्रपति ट्रम्पले टर्की सिरिया सीमा अमेरिकाका लागि ‘रणनीतिक रूपमा अति राम्रो रहेको’ बताएका थिए। अमेरिकाको सक्रियतामा युद्धविराम घोषणा गरिए पनि उक्त क्षेत्रमा छिटपुट लडाइ भइरहेको छ।

सम्झौतामा टर्की पाँच दिनसम्म उसको कारबाही रोक्न सहमत बनेको थियो। त्यसबेला कुर्द लडाकुहरू उक्त क्षेत्रबाट बाहिरिनेछन्। ट्रम्पले उक्त सीमा क्षेत्रबाट अमेरिकी फौज हटाएपछि अङ्काराले पहिलो आक्रमण सुरु गरेको थियो।

टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले कुर्द लडाकु, जसलाई टर्कीले आतङ्ककारी मान्छ तिनलाई उत्तरी सिरियाबाट हटाउन र हाल टर्कीमा रहेका २० लाख सिरियाली शरणार्थीलाई पुनस्र्थापना गराउन ‘सुरक्षित क्षेत्र’ बनाउने लक्ष्य राखेका छन्।

युद्ध सुरु भएयता तीन लाखसम्म मानिसहरू आफ्न घर छोडेर हिँडेका र टर्कीको कारबाहीका कारण त्यहाँका कुर्द जनसंख्याको जातीय सफाया हुने त्रासहरू व्यक्त गरिएका छन्। टर्कीले उक्त क्षेत्रमा सम्भावित युद्ध अपराध गरेको हुनसक्ने भन्दै चिन्ताहरू प्रकट गरिएको छ। पुष्टि हुन नसकेका समाचारहरूमा टर्कीको फौजले सिरियामा ह्वाइट फोस्फोरस प्रयोग गरेको हुनसक्ने बताएका छन्।

मिच म्याककोनेलले के भने ?

द वासिङटन पोष्टमा म्याक्कोनेलले अमेरिकी फौज फिर्ता गर्नु भयानक रणनीतिक गल्ती भएको बताएका छन्। म्याक्कोनेल सिनेटमा बहुमत रहेको रिपब्लिकन नेता हुन् र ट्रम्पको रिपब्लिकन पार्टीका एक जना वरिष्ठ सदस्य हुन्। ‘अमेरिकी फौज फिर्ती र टर्की कुर्द तनावले हाम्रो देशमा रणनीतिक दुःस्वप्न पैदा गरेको छ,’ उनले लेखेका छन्।

यदि युद्धविराम कायम भए पनि टर्कीको आक्रमण र अमेरिकी फौज फिर्ताका कारण इस्लामिक स्टेटविरुद्ध वाशिङटनको लडाइमा ‘धक्का’ लागेको छ। म्याक्कोनेलले यो कदमले उक्त क्षेत्रमा रुसी र इरानी प्रभाव बढ्ने बताएका छन्।







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad