coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रेक्जिट सम्झौता अनुमोदनका लागि जोनसनको कसरत जारी

लण्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौता अनुमोदनका लागि शुक्रबार अर्थपूर्ण पहल थालेका छन्। बेलायती संसदको तल्लो सभा ‘हाउस अफ कमन्स’मा शनिबार ब्रेक्जिट सम्झौताका लागि हुने महत्वपूर्ण मतदानमा केही सांसदलाई आफ्नो पक्षमा ल्याउनुपर्ने मुल्याङ्कनसहित जोनसनले अभियानलाई सशक्त बनाउने ब्रेक्जिट पक्षधर बेलायती नेताले बताएका छन्। यसलाई बेलायतका प्रमुख समाचार संस्थाहरूले विशेष महत्वका साथ प्रस्तुत गरेका छन्।

जोनसनले यूरोपेली सङ्घ (इयू)सँग बिहीबार ब्रेक्जिटका लागि नयाँ सहमति गरेका थिए। बेलायतको फाइनान्सियल टाइम्सले भनेको छ, ‘ब्रेक्जिटका लागि प्रधानमन्त्री जोनसनले गरेको नयाँ सहमतिलाई औपचारिकता प्रदान गर्न बेलायती संसद्बाट अनुमोदन हुनुपर्छ। यसका लागि सहमतिको पक्षमा ३२१ मत प्राप्त गर्नुपर्छ तर जोनसनसँग ३१८ मत रहेको छ।’

स्काई न्यूजले गरेको प्रक्षेपणमा भनिएको छ, ‘प्रधानमन्त्री जोनसनसँग ३१६ मत छ। उहाँले सहमतिलाई पारित गराउन थप चार मत बढाउनुपर्छ।’
टाइम्सले प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका अधिकारीलाई उदृत गर्दै भनेको छ, ‘प्रधानमन्त्री जोनसनले आगामी २४ घण्टालाई सहमतिको पक्षमा बहुमत सांसदलाई उभ्याउने कसरतलाई थप जारी राख्नुहुनेछ।’

यदि पछिल्लो सहमतिलाई संसद्ले अनुमोदन गरेमा ब्रेक्जिटबारे देखिँदै आएको तनावलाई अन्त्य गर्नेछ। यदि शनिबारको अन्त्यसम्ममा कुनै सम्झौता हुन नसकेमा बेलायतले इयूको सदस्यता बढाउन आवश्यक पर्ने कानूनलाई संसद्ले पारित गरिसकेको बेलायतका समाचार संस्थाले उल्लेख गरेका छन्।
 

प्रकाशित: ३ कार्तिक २०७६ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App