७ वैशाख २०८१ शुक्रबार
समाज

‘हिजोआजका कुरा’ अब फिल्ममा

काठमाडौं  – नेपाली हाँस्य टेलिसिरियल ‘हिजोआजका कुरा’ मा अब फिल्म बको छ। शुक्रबार कलाकार सन्तोष पन्तले लामो समय निर्माण र निर्देशन गरेको टेलिसिरियलको नाममा फिल्म बनाउन लागेको घोषणा गरेका थिए।

सो फिल्मलाई भने उनका छोरा साकार पन्तले निर्देशन गर्नेछन्। तिहारलगत्तै सुटिङ सुरु गरिने कमेडी विधाको सो फिल्ममा कलाकार सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहनेछ। कार्यक्रममा बोल्दै कलाकार सन्तोष पन्तले विस. २०५३ बाट सुरु भएर रोकिएको हाँस्य टेलिसिरियल ‘हिजोआजका कुरा’ अब फिल्मका रूपमा दर्शकमाझ ल्याउन लागेकोमा खुसी व्यक्त गरेका थिए। ‘यो हाँस्य टेलिसिरियलमाथि फिल्म बन्ने कुरा आफैंमा राम्रो हो। पुरानो पुस्ताको ब्राण्डलाई नयाँ पुस्तामा ल्याउनु भने चुनौतीपूर्ण रहेको हुँदा निर्देशकले फिल्म बनाउँदा धेरै कुरामा ध्यान दिनु आवश्यक रहेको छ,’ उनले भने।

नेपाल टेलिभिजनमा करिव १८ वर्ष प्रसारण भएको ‘हिजोआजका कुरा’ सामाजिक कथावस्तुमाथि व्यंग्यात्मक रुपमा प्रस्तुति हुने गरेको थियो। फिल्ममा विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक राजधानीका विभिन्न चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न गुमाउनुपर्ने विषय समावेश हुनेछ।

फिल्म प्रोडक्ससनकोे ब्यानरमा निमार्ण हुन लागेको फिल्मको पटकथा सन्दीप किस्नाले लेखेका छन्। त्यस्तै सिनेमेट्रोग्राफी रवि सायमी र संगीत हर्कुलस बस्नेतलगायतले दिनेछन्। कलाकार सन्तोष पन्त र रमा थपलियाबाहेक फिल्ममा अभिनेत्री ऋचा शर्मा, केकी अधिकारी, विनायक कुईंकेल, अनुष्का अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की र रमेश अधिकारीलगायतले अभिनय गर्दैछन्।

‘हिजो आजका कुरा टेलिसिरियलको नामसँग मेरो भावनात्मक सम्बन्ध भएकाले यो टिमसँग जोडिएर काम गर्न पाउनु आफैंलाई भाग्यमानी महसुस गरेको छु। लोकप्रिय ब्य्राण्डमाथि बन्ने फिल्मको जिम्मेवारी निर्वाह गर्न चुनौतीपूर्ण रहेको छ,’ निर्देशक साकार पन्तले भने।

प्रकाशित: ३ कार्तिक २०७६ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App