coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चितवन राइनोज प्ले अफमा

काठमाडौं – अपराजित यात्रालाई निरन्तरता दिएको चितवन राइनोज राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) को प्ले अफमा प्रवेश गरेको छ।

खराब प्रदर्शनबाट गुज्रिएको पोखरा पल्टनमाथि ७ विकेटको जित निकाल्दै चितवन प्ले अफमा पुग्ने पहिलो टोली भएको हो। पराजयसँगै पोखरा पल्टनको अघिल्लो यात्रा समाप्त भएको छ। सम्पन्न तीन खेलमध्ये सबै खेल गुमाएको पोखरा तालिकामा अंकविहीन छ। पोखराको एक खेल बाँकी छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार भएको दिनको पहिलो खेलमा चितवनले लगातार तेस्रो खेलमा सुखद नतिजा निकाल्दा पोखरा पल्टनले लगातार तेस्रो पराजय भोगेको हो।

तेस्रो जितसहित प्ले अफमा पुगेको चितवनलाई पोखराले दिएको १ सय २८ रनको लक्ष्य १८ ओभरमा ७ बल बाँकी छँदा मात्र ३ विकेट गुमाएर पूरा गर्दा जारी प्रतियोगितामा अपराजित रहेको हो। चितवनको जितमा काजल श्रेष्ठले अर्धशत बनाइन्। ४७ बलको सामना गरेकी काजलले ५ चौकाको मद्दतमा ५१ रनको पारी खेलेकी थिइन्।

काजललाई साथ दिएकी कञ्चन श्रेष्ठ २९ रन जोड्ने क्रममा अञ्जली चन्दबाट बोल्ड हुँदा पहिलो विकेटको रूपमा क्रिजमा आएकी कप्तान इन्जुर बर्मा २४ रनमा अञ्जलीबाट नै बोल्ड भइन्। यस्तै सुमन खतिवडा ६ रनमा नटआउट रहिन्। चितवनको ३ विकेटमध्ये अञ्जलीको नाममा दुई तथा सुस्मा श्रेष्ठको नाममा १ विकेट रह्यो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय २७ रन जोड्न सफल भयो। कप्तान तथा सीता रानामगरले आक्रामक ब्याटिङ गर्दा  अविजित ६५ रनको पारी खेलेकी थिइन्।

५६ बलको सामना गरेकी सीताले ७ चौका र १ छक्का प्रहार गरिन्। १३ रन जोड्ने क्रममा पहिलो विकेट गुमाएको पोखराका लागि मन्जु बोगटीले अविजित २४ रन जोड्दै कप्तान सीतालाई साथ दिएकी थिइन्।

कविता कुँवरले १५ रनको इनिङ्स खेल्दै मध्यक्रमलाई सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याट्सवुमन चितवनको कसिलो बलिङ सामु टिक्न सकेनन्। चितवनका कविता गौतमले २ र रेखा रावलले १ विकेट लिए। जितसँगै अपराजित चितवनले ३ खेलमा ६ अंक जोडेको छ। पोखराको भने यो लगातार तेस्रो हार हो। पोखरा अंकविहीन बन्दै तालिकाको पुछारमा छ।

यस्तै शनिबारै सम्पन्न दिनको दोस्रो खेलमा विराटनगर टाइटन्सले क्याट क्विन्स काठमाडौंलाई ५२ रनको नतिजा सुम्पिँदा जारी प्रतियोगितामा पहिलो पराजय भोगेको छ।

यससँग क्वाट क्विन्स काठमाडौंले जारी प्रतियोगितामा दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा काठमाडौंले दिएको १ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो।

विराटनगरका लागि लक्ष्मी चौधरीले अविजित रहँदै ४० रन बटुले पनि जितका लागि पर्यापत भएन। डोली भट्ट १३ रनमा पवेलियन फर्किंदा अन्य ब्याट्सवुमनले गतिलो स्कोर छुन सकेनन्। विराटनगरलाई सस्तैमा समेट्ने क्रममा काठमाडौंकी ईश्वरी विष्ट र कप्तान रुबिना क्षत्रीले समान १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ३९ रनको मध्य स्कोर जोड्न सफल भएको थियो। काठमाडौंका लागि रोमा थापाले अविजित ५३ रन बनाउँदा कप्तान रुबिना क्षत्रीले अविजित ३५ रन जोडिन्। रश्मि चौलागाईंले ३४ रन बनाउँदै पवेलियनको बाटो फर्किंदा शोभा आले डोली भट्टको बलमा एलबिडब्लुको धरापमा पारिन्। जितसँगै काठमाडौंले ३ खेलमा ४ अंक जोडेको छ। सुरुआती दुई खेल जितेको विराटनगरको ३ खेलमा ४ अंक छ।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा क्याट क्विन्स काठमाडौंले ललितपुर फाल्कोन्सको सामना गर्दा दिनको दोस्रो खेल विराटनर टाइटन्स र अपराजित टोली चितवन राइनोजबीच  हुनेछ। लिगको शीर्ष टोली फाइनलमा पुग्नेछ। यस्तै दोस्रो र तेस्रो टोलीले भने फाइनल प्रवेशका लागि एलिमिनेटर खेल खेल्नेछन्। विराटनगर टाइटन्सले क्याट क्विन्स काठमाडौंलाई ५२ रनको नतिजा सुम्पिँदा जारी प्रतियोगितामा पहिलो पराजय भोगेको छ।

प्रकाशित: ३ कार्तिक २०७६ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App