८ वैशाख २०८१ शनिबार
खेल

नेटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं – पहिलो दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। लिग चरणका दुई खेल बाँकी छँदै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो।

सेमिफाइनलमा आयोजक नेपालसँगै भारत, श्रीलंका र माल्दिभ्स पुगेका छन्। चार टोलीमध्ये नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्सबीच सेमिफाइनल खेल हुने नेपाल नेटबल संघका महासचिव दीपक लामाले जानकारी दिए। अन्तिम चारमा स्थान बनाएका चार टोलीमध्ये श्रीलंका अपराजित छ भने भारत र माल्दिभ्सले एक÷एक खेलमा पराजय बहोरेका छन्।

घरेलु टोली नेपालले भने एक खेलमा मात्र जित हात पारेको छ। प्रतियोगितामा सहभागी पाँच राष्ट्रमध्ये पाकिस्तानले अहिलेसम्म जित निकाल्न सकेको छैन। हरेक टोलीसँग फराकिलो हार बेहोरेका कारण पाकिस्तानको अन्तिम चारमा पुग्ने सम्भावना सकिएको महासचिव लामाले जानकारी दिए।

लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शनिबार भएको पहिलो खेलमा श्रीलंकाले पाकिस्तानलाई ६८–६ को फराकिलो अन्तरले पराजित ग¥यो। एकपक्षीय खेलमा श्रीलंकाकी हिरोनी हिसानीले १८ अंक जोडिन्। यस खेलमा श्रीलंकाकी रिसिनी प्लेयर अफ दी म्याच घोषित भइन्।

शनिबार नै भएको अर्को खेलमा भारतले घरेलु टोली नेपाललाई ४२–१८ ले पराजित ग¥यो। १६ अंक जोडेकी भारतकी अंशुले प्लेयर अफ दी म्याचको पुरस्कार पाइन्। अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई ६०–१६ स्कोरले पराजित ग¥यो। श्रीलंकालाई विजयी गराउन महŒवपूर्ण भूमिका खेलेकी नेथमी विजनायके प्लेयर अफ दी म्याच बन्न सफल भइन्। उनले २४ अंक बटुलिन्।

अर्को खेलमा भारतले पाकिस्तानलाई ५६–५ को फराकिलो अन्तरले पराजित ग¥यो। भारतलाई विजयी बनाउन अञ्जलीले २६ अंकको योगदान दिइन्। यस खेलमा भारतकी मानवी सोनी प्लेयर अफ दी म्याच बनिन्।  नेपालमा पहिलो पटक आयोजना भएको च्याम्पियनसिपमा दक्षिण एसियाका आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका छन्। च्याम्पियनसिपको फाइनल कात्तिक ५ गते सञ्चालन हुनेछ।

प्रकाशित: ३ कार्तिक २०७६ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App