काठमाडौं – निश्चय रायमाझीले कुल २ सय ७५ स्कोर बटुल्दै शनिबार काल्र्सबर्ग गल्फ सिरिजको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार भएको तेस्रो तथा अन्तिम चरणको खेलमा रायमाझीले सर्वाधिक ३७ स्कोर गरेपछि उपाधि सुनिश्चित गरेका थिए ।
कुल तीन चरणको खेलमा अन्तिम चरण हुनुअघि चौथो स्थानमा रहेको रायमाझीले शनिबार उत्कृष्ट खेल प्रदर्शन गरे । त्यसअघि दुई चरणको खेलमा अग्रता बनाएका भरत बस्ताकोटीले शनिबारको अन्तिम दिनको खेलमा निकै खराब प्रदर्शन गर्दा कुनै पनि स्कोर गर्न सकेनन् ।
यद्यपि, दुई चरणको समाप्तिमै १ सय ५० स्कोर गरेका भरत दोस्रो भए । यसअघि पहिलो चरण मार्चमा र दोस्रो चरणको खेल अगस्टमा भएका थिए। यता, उपाधि विजेता रायमाझीले मलेसियामा नोभेम्बरको पहिलो साता हुने काल्र्सबर्ग गल्फ क्लासिकको यात्रा तय गरेका छन् । प्रतियोगितामा २ सय १० स्कोर बटुलेका टासी छिरिङ काउन्ट ब्याकको आधारमा ग्रसतर्पm पहिलो भए । टासी दोङले पनि कुल २ सय १० स्कोर बटुलेका थिए ।
यद्यपि, अन्तिम चरणमा छिरिङले १ सय ४० स्कोर गर्दा दोङले ६० स्कोर मात्र गरेपछि ट्रफीको टुङ्गो लागेको थियो । अन्तिम दिन निश्चयले ३७ स्कोर र राज प्रधानले ३५ स्कोर गरेका थिए । प्रतिभा राई र कस्मिरा शाहले समान ३० स्कोर गरेका थिए । राई र शाहले दुवै नाइनमा समान स्कोर गरे । त्यससँगै विजेता टुङ्गो लगाउन अन्तिम ६ होलको नतिजाको आधारमा राई विजेता घोषित भइन् ।
अन्तिम ६ होलमा राईले १० स्कोर र शाहले ६ स्कोर गरे । सिनियरतर्पm मदन राणा च्याम्पियन हुँदा ३४ स्कोर गरे । इयु जाइ लीले क्लोजेस्ट टु दी पिनको ट्रफी प्राप्त गरे । वाङचेन धोन्डुप लंगेस्ट ड्राइभ र विजय श्रेष्ठ इनहासले सर्वाधिक पाँच बर्डिजका साथ मस्ट बर्डिजको उपाधि प्राप्त गरे ।
३ बाइ ४ ह्यान्डिक्याप स्टेबेलफोर्डको आधारमा भएको प्रतियोगितामा ८५ गल्फरले १८ होलमा प्रतिस्पर्धा गरेका थिए । गोर्खा बु्रअरीका बजार प्रबन्धक रोजनले अमात्यले यस प्रतियोगिताले निकै उचाइ लिएको बताए । प्रतियोगिताका विजेतालाई गोर्खा ब्रुअरीका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवाललगायतले पुरस्कृत गरेका थिए ।
प्रकाशित: ३ कार्तिक २०७६ ०२:४० आइतबार