रसुवागढी भन्सार

असोजमा लक्ष्यभन्दा कम राजस्व संकलन

आइतबार, ०३ कार्तिक २०७६, ०७ : २७ नागरिक

रसुवा – रसुवागढी भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। वर्षाका कारण सडक अवरुद्ध भएको, सामग्री आयात गर्ने समयमा कन्टेनरको अभाव र चीन भएको सार्वजनिक विदालगायत कारण कार्यालयले लक्ष्य भेटाउन नसकेको हो।

कार्यालयले गएको असोज महिनामा एक अर्ब ४० करोड ३६ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा एक अर्ब ३८ करोड ८० लाख ३२ हजार राजस्व संकलन भएको हो। यो लक्ष्यको ९८.८९ प्रतिशत हो।

असोज महिनामा लक्ष्यभन्दा केही कम राजस्व उठेको भए पनि कार्यालयले वार्षिक लक्ष्यको ४२ प्रतिशत राजस्व उठाइसकेको छ। कार्यालयले साउनदेखि असोज मसान्तसम्ममा राखेको लक्ष्यभन्दा ४० प्रतिशत बढी उठाइसकेको छ।

कार्यालयको तथ्यांकअनुसार साउनमा एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ र भदौमा एक अर्ब ५१ करोड २६ लाख ९० हजार उठेको छ। दसैंमा लक्ष्यभन्दा केही कम राजस्व संकलन भए पनि तीन महिनाको लागि राखिएको लक्ष्यभन्दा बढी भएकाले समस्या नरहेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए।

असोज महिनामा रसुवागढी नाकाबाट भदौमा दसैंका सामग्री, रेडिमेड सामग्री, टेलिकमका सामग्री र प्रोजेक्टको सामग्री बढी आएका छन्। यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ।

गत आर्थिक वर्षमा नौ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकामा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

आर्थिक वर्ष ०७२/७३ मा दुई अर्ब चार करोड ४६ लाख ८७ हजार सात सय ४४, आव ०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव ०७४÷७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामान, मैदा, चिउरालगायत सामग्री निर्यात भइरहेको छ।






यसमा तपाईको मत

अन्य समाचार

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

Ncell Footer Ad