प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार न्यौपाने र बोहरालाई

मङ्गलबार, १४ मङि्सर २०७३, १८ : ३२ नागरिक

काठमाडौँ- प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ।

प्रेस काउन्सिल नेपालले आज पाँच लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गरिने निर्णय गरेको हो।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र बिष्ट र सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य एवम् काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सदस्यसचिव रहेको पुरस्कार छनौट समितिले सर्वसम्मतिले सो निर्णय गरेको हो ।

उक्त पुरस्कार विशेष समारोह आयोजना गरी चाँडै प्रदान गरिनेछ। स्व सञ्जय न्यौपाने कारोबार दैनिकमा सम्पादक थिए।  

पत्रकार न्यौपाने आर्थिक पत्रकार समाज (सेजन)का पूर्व उपाध्यक्ष समेत हुन्। पत्रकारितामा क्रियाशील रहिरहेकै बेला मस्तिस्कसम्बन्धी गम्भीर रोगबाट ग्रस्त भई उपचारकै क्रममा उनको २०७३ साल कात्तिक २० गते निधन भएको थियो।

त्यस्तै कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित अभियान दैनिकको डडेल्धुरा संवाददाताका रुपमा पत्रकारिता सुरु गरेका स्व कर्ण बोहरा स्थानीय कालापानी साप्ताहिक महानगर पोस्ट र राष्ट्रिय तहका स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, रहस्य साप्ताहिकलगायत सञ्चारमाध्यममा आबद्घ थिए।

पछिल्लो समयमा उनले महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपालको सम्पादक/प्रकाशक, महेन्द्रनगरबाटै प्रसारित पश्चिम नेपाल रेडियोको प्रबन्ध निर्देशक तथा काठमाडौँबाट प्रसारित न्युज–२४ टिभीको सुदूर–पश्चिम ब्युरो प्रमुखका रुपमा कार्यरत थिए।  

पछिल्लो समयमा मुटु रोगका साथै मधुमेह र उच्च रक्तचापबाट पीडित पत्रकार बोहराको दुवै मिर्गौला खराब भई उपचार गराइरहेकी श्रीमतीको कुरुवा बसेको अवस्थामा २०७३ मङ्सिर १० गते काठमाडौँमा निधन भएको थियो। रासस

 






यसमा तपाईको मत

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad