coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सीमामा डुबानको समाधानका लागि बैठकको तयारी

वीरगन्ज– भारत र नेपालको सिमावर्ती क्षेत्रमा बर्षेनी भीषण रुपमा देखा पर्ने डुबानको समस्या समाधानका लागि निश्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय साँसद अजयकुमार निषादले बताएका छन्। नेपालसंग सिमा जोडिएको भारतीय प्रान्त बिहारको सरकार र नेपाल सरकारका प्रतिनिधिहरुको सहभागितामा बिहारको राजधानी पटनामा चाँडै एउटा बैठक गरी डुबानको समाधान खोजिने उनले बताए। 

‘भारतको सडक र बाँधले नेपाली बस्ती र भुभाग डुबानमा परेको कतिपयको बुझाई छ यता, नेपालको पानीले गर्दा बिहार डुबानमा परेको भनी उता कतिपयले भन्ने गरेका छन्,’ वीरगन्जमा शनिवार मिडिया फोर बोर्डर हार्मोनी, नेपालले आयोजन गरेको संवाद कार्यक्रममा बोल्दै साँसद निषादले भने, ‘तर यी कुराहरु भनिएजस्तै सत्य होइनन, पानीको आफ्नो प्रबृति हुन्छ, पहाडको पानी झरेर समथरतिर नै आउने हो। हामीले पानी ब्यवस्थापनतिर ध्यान दिनु पर्ने हुन्छ।’ 

उनले नेपाल र भारतको समबन्ध देश–देशको विचमा जति प्रगाढ छ त्यो भन्दा नागरिक–नागरिकको विचमा दरिलो छ, यसको सौन्दर्यलाई जोगाउन र सम्बन्धलाई सुदृढ बनाउन भारतको चाहना रहेको उनले बताए। भारत बिहारको मुजफरपुर क्षेत्रबाट दोस्रो पटक लोकसभा सदस्य (साँसद) पदमा भारतीय जनता पार्टीको तर्फबाट निर्वाचित नेता निषादले आफूहरुले नेपालमा पाएजस्तो अपनत्व अन्यत्र नपाएको बताए। 

पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवले भारतले आफ्नो सीमामा बनाएको सडकमा बर्खे पानीको लागि निकासहरु बनाएमा सिमावर्ती क्षेत्रमा डुबान समस्या धेरै हदसम्म समाधान हुने बताए। उनले भारत र नेपाल सरकारले सीमा क्षेत्रमा हुने डुबान समाधानका लागि गम्भीर हुनु पर्ने बताए। उनले सीमामा देखापर्ने स–साना समस्या जनताका ठूला सरोकोका बिषय भएको बताउँदै त्यस्ता बिषयलाई उठान गर्नमा संचार जगतको भुमिका हुनुपर्ने बताए। नेपाल र भारतबीच बैवाहिक सम्बन्धहरु हुने गरेकोमा भारतीय चेली नेपालको बुहारी भएर आउँदा ७ बर्षपछि मात्र नेपाल नागरिकता पाउनेगरी नागरिकता ऐन ल्याउन लागिएको भन्दै उनले आपति जनाए। आफू यसको बिरोधमा उत्रिने उनले बताए। 

आयोजक संस्थाका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा भएको संवाद कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले दुबै देशका पत्रकारबीच सहि सूचनाको आदानप्रदानले सीमा क्षेत्रका जनसरोकारका समाचारहरु बाहिर आउनमा मद्दत मिल्ने बताए। बिहारका राजनीति शास्त्रका प्राध्यापक साबिर अन्सारीले नेपाली भाषा, संस्कृति र मानिसहरुसंग भारतका जनताले अपनत्व महसुश गर्ने बताए। उनले साँस्कृतिक समानता साझा धरोहर भएको बताउँदै सीमा आरपारका स्थानीय समस्याहरु, प्रसशानिक कठिनाईहरु र सानातिना बिवादहरु समाधान गर्दै लैजानु पर्ने बताए। कार्यक्रममा भारतीय साँसद निषद र नेपालका साँसद यादवलाई नेपाल भारत सम्बनधमा गरेको राम्रो भूमिकाका लागि सम्मानित समेत गरिएको थियो। 

प्रकाशित: २ कार्तिक २०७६ १५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App