coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सेयर बजार उकालो लाग्यो

काठमाडौँ- लगातार घट्दै आएको सेयर बजार आज भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ।

लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार आज २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक एक हजार ५५३ बिन्दुमा पुगेको छ।

कुल १३१ कम्पनीको १४ लाख १४ हजार ३२८ कित्ता सेयर रु एक अर्ब १९ करोड १९ लाख १२ हजार २१३ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । ‘बियरिस ट्रेन्ड’मा रहेको बजारमा सोमबारदेखि सुधार देखिन थालेको हो । अर्थमन्त्री कृष्णबहादुर महराले हिजो आफूसँग भेट्न आएका लगानीकर्तालाई हतोत्साहित नहुन आग्रह गरेका थिए।
स्टकका अनुसार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ३ दशमलव ०२ प्रतिशतले बढेको छ । उत्पादन समूहबाहेक अन्य समूह रातो हुँदा बजार उकालो लागेको हो। स्टकका अनुसार बैंकिङ २.९४, होटल ०.२, विकास बैंक २.७३, जलविद्युत् ५.५१, फाइनान्स १.१६, बिमा ४.९३ र अन्य समूह ०.२३ प्रतिशतले बढ्दा उत्पादन समूह भने ०.९६ प्रतिशतले घटेको छ।

आइतबार र सोमबार दुई/दुई पटक सर्किट ब्रेक लगाएको स्टकले आज पनि झन्डै बजार उकालो लाग्दा सर्किट ब्रेक नै लगाउनुपर्ने अवस्थामा पुगेको थियो। रासस

 

प्रकाशित: १४ मंसिर २०७३ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App