८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकामा दशैँको समयमा १० को मृत्यु

काठमाडौं– उपत्यकाभित्र यस वर्षको दशैँमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन्।

यस्तै १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका छन्। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको बताए।

गत वर्षको दशैँको समयमा २८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए भने आठ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए।

महाशाखाले यस वर्षको दशैँको समयमा ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ९११ सवारी साधनलाई कारवाही गरेको छ। गत वर्षको दशैँमा पाँच हजार सवारी साधनलाई नियम उल्लङ्घन गरिएको भन्दै कारवाही गरिएको थियो। रासस

प्रकाशित: २ कार्तिक २०७६ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App