८ वैशाख २०८१ शनिबार
अन्य

नोबेल नालीबेली

पछिल्ला दुई सातायता विश्वका सञ्चारमाध्यममायस वर्षको नोबेल पुरस्कार विजेताका सामग्रीलेस्थान पाइरहेका छन्। भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति, शरीर क्रिया विज्ञान (फिजियोलजी)वा चिकित्साशास्त्र र अर्थशास्त्रका क्षेत्रमार्फत विशेष योगदान पु-याएबापत प्रत्येक वर्ष प्रदान गरिने नोबेल पुरस्कारलाईविश्वमै सम्मानित मानिन्छ।

विश्वकै ठूलो एवं प्रतिष्ठित नोबेल पुरस्कार स्थापनाको कहानी भने रोचक छ। नोबेल पुरस्कारको स्थापना सन् १८९५ मा भएको हो, स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ ‘डाइनामाइट’ लगायत तीन सय ५५ वस्तुका आविष्कारक अल्फ्रेड नोबेलको नाममा।

व्यापारिक पृष्ठभूमिमा जन्मिएका अल्फ्रेड एक वैज्ञानिक थिए नै, सँगै कुशल लेखक तथा कवि पनि थिए। विश्वशान्तिका बारेमा उनको आफ्नै धारणा थियो। डाइनामाइटको आविष्कार (सन् १८६७)ले तत्कालीन दुनियाँको विकास निर्माणमा विशेष महत्व राख्यो। सुरुङ खन्न, ठुल्ठूला चट्टान टुक्र्याउन यसको प्रयोग गरिन्थ्यो। ठूलो जनशक्तिको काम गर्ने भएपछि यसको प्रयोग बढ्यो, अल्फ्रेडले निकै सम्पत्ति कमाए, युरोपका विभिन्न देशमा निजी कलकारखानाहरू खोले। सन् १८९६ डिसेम्बर १० मा अल्फ्रेडको निधन हुँदा उनको नाममा तीन सय ५५ वटा आविष्कार ‘प्याटेन्ट’ दर्ता थिए।

अल्फ्रेड आफ्नो काममा यति मग्न हुन्थे कि आफ्नो निजी जीवनमा ध्यान नदिई काममा मात्रै केन्द्रित हुँदा ४३ वर्षको उमेरमै उनी अस्वाभाविक वृद्ध देखिन्थे। त्यसैले उनले विवाहका लागि पनि पत्रिकामै विज्ञापन गरेका थिए। उनले अस्ट्रियन नागरिक बर्था किन्स्काईसँग विवाह गरे। यद्यपि यी दुईको वैवाहिक सम्बन्ध लामो समय टिकेन।

नोबेलकी पूर्वपत्नी (बर्था) युद्ध र हतियारको विरोधी थिइन्। उनले ‘ले डाउन योअर्स आम्र्स’ पुस्तक लेखेकी छन्, जुन पुस्तक विश्व विख्यात छ। उनी विश्व शान्ति अभियानकी अभियन्ता थिइन्। आफ्नी पूर्वपत्नीको यस्तो सोच र कार्य देखेपछि नोबेलले आफ्नो इच्छापत्रमा ‘शान्ति पुरस्कार’ पनि थपे। रमाइलो त यो छ कि सन् १९०५ मा बर्थाले नै नोबेल शान्ति पुरस्कार पाइन्।

विज्ञानका क्षेत्रमा कैयौं आविष्कार गरे पनि डाइनामाइट (विष्फोटक पदार्थ)ले धेरैको ज्यान लिन भूमिका खेलेको भन्दै अल्फ्रेडको खुबै आलोचना भयो। सन् १८८८ मा एउटा पत्रिकाले उनको मृत्युको खबर छाप्यो। पत्रिकाको हेडलाइन थियो– मृत्युको व्यापारीको मृत्यु।

पत्रिकामा छापिएको अल्फ्रेडको मृत्युको खबर सत्य भने थिएन। त्यतिबेला उनका दाइको मृत्यु भएको थियो। सो पत्रिकाले डाइनामाइटको आविष्कारलाई सुरुदेखि निन्दा गर्दै आएको थियो। निन्दासहित आफ्नै मृत्युको खबर पत्रिकामा पढेपछि अल्फ्रेड गहिरो पीडामा परे। जीवन र आफ्नो कामप्रति उनलाई ठूलो पीडाबोध भयो। डाइनामाइटबाट कमाएको सम्पत्तिमा उनलाई कुनै गौरव महसुस भएन। अन्ततः उनी आफ्नो निजी सम्पत्ति मानव हितमा काम गर्नेका लागि समर्पित गर्ने निर्णयमा पुगे। १८९५ नोभेम्बर २७ मा उनले इच्छापत्र लेखे, आफ्नो सम्पत्तिको ठूलो हिस्सा छुट्ट्याएर एक अक्षयकोष स्थापना गरे। अक्षयकोषको सम्पत्ति स्विडिस बैंकमा जम्मा गरियो। त्यसैको ब्याजले हरेक वर्ष विश्वमा मानव जातिको कल्याणका निम्ति कार्य गर्ने केही व्यक्ति सम्मानित होऊन् भन्ने उनको चाहना थियो।

नोबेलकी पूर्वपत्नी (बर्था) पनि युद्ध र हतियारको विरोधी थिइन्। उनले ‘ले डाउन योअर्स आम्र्स’ पुस्तक लेखेकी छन्, जुन पुस्तक विश्व विख्यात छ। उनी विश्व शान्ति अभियानकी अभियन्ता थिइन्। आफ्नी पूर्वपत्नीको यस्तो सोच र कार्य देखेपछि नोबेलले आफ्नो इच्छापत्रमा ‘शान्ति पुरस्कार’ पनि थपे। रोचक यो छ कि सन् १९०५ मा बर्थाले नै नोबेल शान्ति पुरस्कार पाइन्।

जीवनभर कमाएको सम्पत्ति कोषलाई दिने अल्फ्रेडको निर्णयविरुद्ध उनकाआफन्त र विभिन्न देशमा रहेका उनका कार्यालयका अधिकारी लागेका थिए, जसकारण नोबेल पुरस्कार वितरण हुन ढिला भयो। सन् १९०० जुन २९ मा आएर मात्रै नोबेल फाउन्डेसनको स्थापना भयो, त्यसको एक वर्षपछि (सन् १९०१ देखि) नोबेल पुरस्कार दिन थालियो।

पछि (सन् १९६८ मा) स्विडेनको केन्द्रीय बैंक स्भेरिग्स रिक्स बैंकले अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानतर्फ ‘स्भेरिग्स रिक्स बैंक’ पुरस्कार स्थापना ग¥यो, यसैलाई अर्थशास्त्रको विधामा दिइने नोबेल पुरस्कार मानियो। यसरी सन् १९०१ देखि पाँच विधामा दिन थालिएको नोबेल पुरस्कारमा अर्थशास्त्र पनि थपियो।

शान्ति पुरस्कार प्रत्येक वर्ष एक विशेष समारोहबीच नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्विडेनको राजधानी स्टकहोममा। यो पुरस्कार संयुक्त रूपमा तीन जनासम्मले पाउन सक्छन्। अहिलेसम्म नौ सय ५० व्यक्ति वा संस्थालेयसलाई प्राप्त गरिसकेका छन्।

पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो।

नोबेल पुरस्कारको रूपमा प्रमाण–पत्र (डिप्लोमा) का साथै नगद पुरस्कार र मेडल पनि प्रदान गरिन्छ। नगद पुरस्कारको रकम प्रत्येक वर्ष फरक हुने गर्छन्। बैंकबाट आम्दानी हुने ब्याजका कारण नगदराशिमा प्रत्येक वर्ष फरकपन आउने गर्छ।

शान्ति पुरस्कार प्रत्येक वर्ष एक विशेष समारोहबीच नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्विडेनको राजधानी स्टकहोममा। यो पुरस्कार संयुक्त रूपमा तीन जनासम्मले पाउन सक्छन्। अहिलेसम्म नौ सय ५० व्यक्ति वा संस्थालेयसलाई प्राप्त गरिसकेका छन्।

५९७ नोबेल पुरस्कार
नोबेल पुरस्कारको एक सय १८ वर्षे इतिहास (१९०१/२०१९) मा विश्वभर पाँच सय ९७ पटक नोबेल पुरस्कार र अर्थशास्त्रतर्फको पुरस्कार प्रदान गरिएको छ। यसअन्तर्गत भौतिकशास्त्र विधामा एक सय १३ पटक नोबेल पुरस्कार प्रदान गरिएको छ। यो विधामा दुई सय १३ जनासम्मानित भएका छन्। जसमा एकल रूपमा ४७ जनाले यो पुरस्कार प्राप्त गरेका छन् भने दुईजनाको समूहलाई ३२ पटक, तीनजनाको समूहलाई ३४ पटक संयुक्त पुरस्कार दिइएको छ।

त्यस्तै, रसायनशास्त्रतर्फ यो पुरस्कार एक सय ११ पटक दिइएको छ। जसअन्तर्गत एक सय ८४ जना यो पुरस्कारबाट सम्मानित भइसकेका छन्। हालसम्म एकल रूपमा ६३ जनालाई यो पुरस्कार दिइएको छ भने दुईजनाको समूहलाई २३ पटक, तीनजनाको समूहलाई २५ पटक यो पुरस्कार प्रदान गरिएको छ।

चिकित्साशास्त्रतर्फ यो पुरस्कार हालसम्म एक सय १० पटक दिइएको छ। हालसम्म यो विधामा दुई सय १९ जनाले नोबेल पुरस्कार प्राप्त गरेका छन्। जसअन्तर्गत एकल रूपमा ३९ जनालाई, दुईजनाको समूहलाई संयुक्त ३३ पटक र तीनजनाको समूहलाई संयुक्त ३८ पटक यो विधामा पुरस्कार प्रदान गरिएको छ। त्यसैगरी, साहित्यतर्फ यो पुरस्कार हालसम्म एक सय १२ पटक दिइँदा एक सय १६ जना यो पुरस्कारबाट सम्मानित भएका छन्। यो विधामा एकल रूपमा एक सय आठ जनालाई, दुई जनाको समूहलाई संयुक्त रूपमा चारपटक योपुरस्कार प्रदान गरिएको छ। हालसम्म यो विधामा तीनजनाको समूहलाई संयुक्त पुरस्कार बाँडिएको छैन।

शान्तितर्फ यो पुरस्कार सयपटक दिइएको छ। जसमा एक सय सातजनाले व्यक्तिगत रूपमा र २७जनाले संस्थागत रूपमापुरस्कृत भएका छन्। एकल रूपमा ६८, दुईजनाको समूहलाई संयुक्त ३० पटक र तीनजनाको समूहलाई संयुक्त दुईपटक यो विधामा नोबेल पुरस्कार प्रदान गरिएको छ।

नोबेल पुरस्कारको इतिहासमा केही वर्ष यस्ता पनि छन्, जुन वर्ष कुनै पनि विधामा पुरस्कार प्रदान गरिएन। अहिलेसम्मकुल ४९ पटक नोबेल पुरस्कार प्रदान गरिएको छैन। प्रायः सन् १९१४ देखि १९१८ सम्म चलेको पहिलोविश्वयुद्ध र १९३९ देखि १९४५ सम्म चलेको द्वितीय विश्वयुद्धका बेला नोबेल पुरस्कार प्रदान गरिएका थिएनन्।

अर्थशास्त्रतर्फ नोबेल पुरस्कार ५१ पटक दिइएको छ। अहिलेसम्म ८४ जना यो पुरस्कारबाट सम्मानित भएका छन्। एकल रूपमा २५ जना, दुईजनाको समूहलाई संयुक्त १९ पटक र तीनजनाको समूहलाई संयुक्त सातपटक यो विधामा पुरस्कार दिइएको छ। यसरी हालसम्म पाँच सय ९७ नोबल पुरस्कारबाट नौ सय ५० व्यक्ति सम्मानित भएका छन्। जसमा एकल रूपमातीन सय ५० जना, दुईजनाको समूहलाई संयुक्त एक सय ४१ पटक र तीनजनाको समूहलाईसंयुक्त एक सय ६ पटक नोबेल पुरस्कार दिइएको छ।

‘यदि दुई वा तीनजनाले पुरस्कार प्राप्त गरे भने पुरस्कार रकम पनि बराबार बाँडिनेछ,’ नोबेल फाउन्डेसनको विधानमा भनिएको छ। कुनै पनि अवस्थामा तीनजनाभन्दा बढीलाई संयुक्त रूपमा प्रदान नगरिने पनि सो विधानमा उल्लेख छ।

९५० नोबेल विजेता
हालसम्मनौ सय २३ जनाले व्यक्तिगत (यसमा एकल र संयुक्त रूपमा)नोबेल पुरस्कार प्राप्त गरेका छन्, र २७ वटा (शान्ति पुरस्कार) संस्थाले प्राप्त गरेका छन्। जसमध्ये ८४ जना अर्थशास्त्र विधाका छन्। व्यक्तिहरूको साना समूह र संगठनहरू पनि एकपटक भन्दा बढी नोबेल पुरस्कारबाट सम्मानित भएका छन्।

अहिलेसम्म नोबेल पुरस्कार र आर्थिक विज्ञान पुरस्कारबाट ५४ महिला सम्मानित भएका छन्। सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार प्राप्त गर्ने पाकिस्तानकी मलाला युसुफ्जई हुन्। उनले १७ वर्षको उमेरमा सन् २०१४ को शान्तितर्फको पुरस्कार प्राप्त गरेकी थिइन्। सबैभन्दा बढी उमेरमा नोबेल पुरस्कार पाउनेमा जोन बी गुडइनफ रहेका छन्। उनले ९७ वर्षको उमेरमा सन् २०१९ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए।

पुरस्कारविहीन वर्ष
नोबेल पुरस्कारको इतिहासमा केही वर्ष यस्ता पनि छन्, जुन वर्ष कुनै पनि विधामा पुरस्कार प्रदान गरिएन। अहिलेसम्मकुल ४९ पटक नोबेल पुरस्कार प्रदान गरिएको छैन। प्रायः सन् १९१४ देखि १९१८ सम्म चलेको पहिलोविश्वयुद्ध र १९३९ देखि १९४५ सम्म चलेको द्वितीय विश्वयुद्धका बेला नोबेल पुरस्कार प्रदान गरिएका थिएनन्।

त्यस्तै, सन् १९१६, १९३१, १९३४, १९४०, १९४१ र १९४२ गरी ६ पटक भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएनन्। रसायनशास्त्रतर्फ सन् १९१६, १९१७, १९१९, १९२४, १९३३, १९४०, १९४१ र १९४२ गरी कुल आठपटक,चिकित्साशास्त्रतर्फ सन् १९१५, १९१६, १९१७, १९१८, १९२१, १९२५, १९४०, १९४१ र १९४२ गरी नौपटक,साहित्यतर्फ सन् १९१४, १९१८, १९३५, १९४०, १९४१, १९४२ र १९४३ गरी सातपटक नोबेल पुरस्कार प्रदान गरिएन। शान्तितर्फ सबैभन्दा धेरै १९ पटक नोबेल पुरस्कार प्रदान नगरिएको इतिहास छ। सन् १९१४, १९१५, १९१६, १९१८, १९२३, १९२४, १९२८, १९३२, १९३९, १९४०, १९४१, १९४२, १९४३, १९४८, १९५५, १९५६, १९६६, १९६७ र १९७२ मा नोबेल शान्तिपुरस्कार वितरण गरिएन। अर्थशास्त्रमा नोबेल पुरस्कार वितरण नगरिएको कुनै वर्ष छैन।

अस्वीकार गर्नेहरू
विश्वकै प्रतिष्ठित नोबेल पुरस्कारको चाहना सबैमा हुन्छ, तर यो पुरस्कार अस्वीकार गर्ने पनि छन्। हालसम्म दुईजनाले नोबेल पुरस्कार अस्वीकार गरेका छन्। जाँ पल सात्रले सन् १९६४ मा आफूलाई प्रदान गरिएको साहित्यतर्फको नोबेल पुरस्कार अस्वीकार गरेका थिए। वास्तवमा उनले सबै औपचारिक सम्मान लिन अस्वीकार गरेका थिए। त्यसैगरी सन् १९७३ को नोबेल शान्ति पुरस्कार तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिङ्गर र ली ठक थोलाई संयुक्त रूपमा प्रदान गरिएको थियो। भियतनाम शान्ति सम्झौताका लागि वार्ता गराएकाले उनीहरूलाई पुरस्कारका लागि योग्य ठानिएको थियो। थोले भियतनामको अवस्था आफ्नो कारणले खराब भएको र आफूनोबेल पुरस्कार स्वीकार गर्न योग्य नभएको बताएका थिए।

नोबेल पुरस्कार त्याग्न दबाबसमेत दिइएको इतिहास छ। नोबेल पुरस्कार विजेता चार जनालाई सरकारी अधिकारीले नोबेल पुरस्कार त्याग्न दबाब दिएका थिए। तत्कालीन जर्मन तानाशाह एडल्फ हिटलरले यो पुरस्कार विजेता जर्मन नागरिक रिचार्ड कुन, एडल्फ बटेनन्डट र गेर्हार्ड डोमाग्कलाई पुरस्कार स्वीकार गर्नबाट वञ्चित गरेका थिए। यद्यपि तीनैजनाले पछि गएर नोबेल पुरस्कार डिप्लोमा र मेडल लिए, रकमलिन भने पाएनन्। त्यसैगरी सन् १९५८ को साहित्यतर्फका नोबेल पुरस्कार विजेता बोरिस पास्टरनाकले सुरुमा पुरस्कार स्वीकार गरेपनि उनको देश तत्कालीन सोभियत संघले पुरस्कार अस्वीकार गर्न उनलाई बाध्य बनाएको थियो।

नजरबन्दमा पुरस्कार
अहिलेसम्म राज्यले पक्राउ गरेका वा नजरबन्दमा राखेका तीनजनाले नोबेल पुरस्कार प्राप्त गरेका छन्। उनीहरू सबै शान्तितर्फको नोबेल पुरस्कार विजेता हुन्। नजरबन्दमा रहेकै बेलामा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्ति जर्मन प्यासिफिस्ट तथा पत्रकार कार्ल भन ओस्सित्जिकी, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी र चिनियाँ मानवअधिकारवादी व्यक्ति लिउ सियाओबो हुन्।

धेरैपटक विजेता
अहिलेसम्म रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)को कामलाई सबैभन्दा धेरै तीनवटा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको छ। यसका अलावा आइसिआरसीकै संस्थापक हेनरी ड्युनाले सन् १९०१ मा पहिलो नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए।

त्यस्तै, लिनस पाउलिङमात्र त्यस्ता व्यक्ति हुन्, जसले एकल रूपमा दुईपटक सम्म नोबेल पुरस्कार प्राप्त गरेका छन्। उनले सन् १९५४ मा रसायनशास्त्रअन्तर्गत र सन् १९६२ मा शान्ति पुरस्कार प्राप्त गरेका थिए।

केही रोचक विषय
सन् १९७४ पछि विश्वप्रसिद्ध नोबेल पुरस्कार कुनै पनि व्यक्तिलाई मराणोपरान्त नदिइने व्यवस्था गरिएको छ। नोबेल पुरस्कार दिने घोषणा भइसकेपछि कुनै पनि विजेताको मृत्यु भयो भने सो पुरस्कार दिइने प्रावधान नोबेल एकेडेमीको विधानमा उल्लेख गरिएको छ।

अहिलेसम्म तीनपटक मात्रै मरणोपरान्त नोबेल पुरस्कार हस्तान्तरण गरिएको छ। जसअन्तर्गत सन् १९६१ को शान्ति पुरस्कार डाग ह्यामरस्क्जोल्ड र सन् १९३१ को साहित्य पुरस्कार एरिक एक्सेल कार्लफेल्डटलाई दिइएको थियो।

त्यस्तै, सन् २०११ मा फिजियोलजी वा चिकित्साशास्त्रतर्फ प्रदान गरिएको नोबेल पुरस्कारका विजेतामध्येका एक राल्फ स्टेनम्यानको पुरस्कार घोषणा हुनुभन्दा तीन दिनअघि निधन भएको पत्ता लागेपछि नोबेल एकेडेमीले उनको मृत्युको विषयमा जानकारी नभएको निष्कर्ष निकाल्दै उनलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको थियो।

एकै परिवारका सदस्यलाई पनि नोबेल पुरस्कार दिइएको दृष्टान्त छ। प्रसिद्ध वैज्ञानिक म्यारी क्युरी र उनका पति पिएरे क्युरीले संयुक्त रूपमा १९०३ को भौतिकशास्त्र पुरस्कार प्राप्त गरेका थिए। यस वर्ष अर्थशास्त्रतर्फको संयुक्त पुरस्कार पुरस्कार प्राप्त गर्नेमा भारतीय मूलका अभिजित बनर्जी र उनकी श्रीमती यस्थर डफ्लो रहेका छन्। यी दुईसहित हालसम्म ६ दम्पतीले नोबेल पुरस्कार प्राप्त गरेका छन्।

त्यसैगरी नोबेल पुरस्कार प्राप्त गर्ने आमाछोरीमा म्यारी क्युरी र उनकी छोरी एर्ने जोलिओट क्युरी हुन् भने बाबुछोरीमा पियरे क्युरी र एर्ने जोलिओट क्युरी हुन्।

हालसम्म ६ जोडी बाबुछोराले नोबेल पुरस्कार प्राप्त गरेका छन् भने दुईजना दाजुभाइले नोबेल पुरस्कार प्राप्त गरेका छन्।

पुरस्कार समारोह
नोबेल पुरस्कार वितरण समारोह अल्फ्रेड नोबेलको मृत्यु भएको दिन प्रत्येक वर्षको डिसेम्बर १० मा हुने गरेको छ। पहिलोपटक (१९०१ डिसेम्बर १ मा) नोबेल पुरस्कार समारोह स्विडेनको स्टकहोम र हाल ओस्लोमा पर्ने क्रिस्टियानामा क्रमशः आयोजना गरिएको थियो।

सन् १९०१ देखि १९२५ सम्मका वर्षहरूमा स्टकहोमस्थित ओल्ड रोयल एकेडेमी अफ म्युजिकमा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो। सन् १९२६ पछि भने पुरस्कार वितरण समारोह स्टकहोम कन्सर्ट हलमा हुने गरेको भए पनि यसमा केही अपवाद रहेका छन्। किनकि सन् १९७१ को नोबेल पुरस्कार वितरण समारोह फिलाल्डेफिया चर्चमा, सन् १९७२ को अल्भस्जोस्थित सेन्ट एरिक इन्टरनेसनल फेयर, जसलाई आज स्टकहोम अन्तर्राष्ट्रिय मेला पनि भनिन्छ,मा भएको थियो। त्यसैगरी सन् १९७५ को नोबेल पुरस्कार वितरण समारोह सेन्ट एरिक इन्टरनेसन फेयर र सन् १९९१ मा पुरस्कार वितरण समारोह स्टकहोम ग्लोबल एरिनामा आयोजना गरिएको थियो। स्टकहोममा हुने समारोहमा नोबेल पुरस्कार विजेतालाई स्विडेनका राजाले पुरस्कार हस्तान्तरण गर्ने गरेका छन्।

नर्वेमा सन् १९०१ देखि १९०४ को समयमा शान्ति पुरस्कार दिने निर्णय स्टर्टिङ (नर्वेको संसद्) को डिसेम्बर १० को बैठकका दौरान घोषणा गरिएका थिए। बैठकपछि पुरस्कार प्राप्त गर्ने व्यक्तिलाई पत्रमार्फत जानकारी गराइएको थियो। त्यसैगरी सन् १९०५ देखि १९४६ सम्म पुरस्कार वितरण समारोह नोबेल इन्स्टिट्युटको भवनमा गरिएको थियो भने सन् १९४७ देखि १९८९ का समयमा पुरस्कार वितरण समारोह ओस्लो विश्वविद्यालयको अडिटरियम हलमा आयोजना गरिएको थियो। सन् १९९० पछि भने समारोह ओस्लो सिटी हलमा गर्ने गरिएको छ।

पुरस्कार वितरण समारोहमा नर्वेका राजाको पनि उपस्थिति हुने भए पनि नोबेल कमिटीका अध्यक्षले विजेतालाई पुरस्कार वितरण गर्ने गरेका छन्।

पुरस्कारमा के के ?
विजेताले पुरस्कारबापत तीन चिज पाउँछन् : नोबेल डिप्लोमा (प्रमाणपत्र), नोबेल मेडल र नोबेल नगद पुरस्कार प्रमाणित गर्ने एउटा कागजात। प्रत्येक नोबेल डिप्लोमामा कलाको छुट्टै र अलौकिक कार्य हुने गरेको छ। यस्ता कलात्मक चिज स्विडिस र नर्वेली वरिष्ठ कलाकारले निर्माण गर्ने गर्छन्। नोबेल मेडल १८ क्यारेट सुनबाटहातले बनाइन्छ।

भौतिकशास्त्र, रसायनशास्त्र, फिजियोलोजी वा चिकित्साशास्त्र र साहित्यतर्फका नोबेल मेडलको एकातिर अल्फ्रेड नोबेलको अनुहार र उनको जन्म र मृत्यु (१८३३/१८९६) कुदिएको हुन्छ। शान्ति र अर्थशास्त्रतर्फको मेडलमा अल्फ्रेडको तस्बिर अंकित गरिए पनि यसमा अन्य विधाको भन्दा फरक डिजाइन हुन्छ। मेडलको अर्कोतिर भने पुरस्कार वितरण गर्ने संस्थाअनुसार फरकफरक व्यवहोरा लेखिएको हुन्छ।

अल्फ्रेडले लगभग सबै सम्पत्ति सबै एउटा ट्रस्टमा परिणत गर्न र ‘सुरक्षित सेक्युरिटिज’ मा लगानी गर्नका लागि छोडेर गएका थिए। जुन अहिलेको मूल्यमा हेर्ने हो भने स्विडिस क्रनर १७०२ मिलियन बराबर हुन जान्छ।

यस वर्ष (२०१९)को एउटा विधाको नोबेल पुरस्कारका लागि ९० लाख स्विडिस क्रनर तय गरिएको छ। यसबाट संयुक्त रूपमा पुरस्कार पाएकाले बराबर बाँड्नुपर्ने हुन्छ।

प्रकाशित: २ कार्तिक २०७६ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App