७ वैशाख २०८१ शुक्रबार
अन्य

पहेँला पहिरनमा आकर्षण

यस वर्षको दसैंमा अधिकांश महिला पहेँलो रंगको पहिरनमा देखिए। पहेलो रंगकै सदावहार ह्यान्ड वर्क, प्याच वर्क, ह्यान्ड प्रिन्ट, सिल्क, साटन, जर्जेट, नेट आदि भेराइटीका साडीमा मात्र नभएर गरा, सेइरा, अनार्कली, पाइन्ट स्टाइलका कुर्था महिलाको रोजाइमा रह्यो। त्यस्तै लेहेंगा र जम्पसुट पनि पहेँलै रंगमा देखिएका थिए।

बनेपाकी अन्जना केसीले यो वर्षको दसैंमा पहेँलो रंगको साडीमा रातो ब्लाउज लगाइन्। उनलाई गाढा र उज्याला रंगका कपडा मनपर्छ। उनी भन्छिन्, ‘यहीँ नै फेबरेट कलर भन्ने छैन। सबै रंगको कपडा लगाउने गर्छु। तर दसैंमा रातो लगाउँदा राम्रो भन्ने चलन छ। त्यसैलाई म्याच गर्न पहेँलो रंगको साडी लगाएकी हुँ।’

भक्तपुरकी लक्ष्मी श्रेष्ठलाई फरक गेटअप मनपर्छ। जसका लागि उनी फरक–फरक रंगका कपडा लगाउने गर्छिन्। अहिले भर्खरै बजारमा आएका सेरा सेट उनले यो दसैंमा लगाएकी हुन्। पहेँलो रंगको सेरा उनको पहिलो पटकको पहिरन हो। ‘सधैँ एउटै रंगको कपडा के लगाउनु जस्तो लागेर योपालि पहेँलो रंगको लगाउने सोचेँ,’ उनले भनिन्, ‘मसँग पहेँलो रंगको कपडा थोरै मात्र भएकाले पनि योपालि पहेँलो सेरा किनेँ। रातो टीकामा पहेँलो रंगको कपडा म्याचिङ पनि गर्ने रहेछ।’

अहिले त्यही पहेँलो रंगलाई विभिन्न नाम दिन थालियो, जस्तैः वाइन एल्लो, लेमन एल्लो, पिच एल्लो, गोल्डेन एल्लो, हनी एल्लो, बटर एललो आदि। यसले गर्दा पनि मानिसको यो रंगमा आकर्षण बढेको छ।’

दसैंमा अरू बेलाभन्दा फरक र आकर्षक समेत देखिन चाहने हुँदा पनि हेटौँडाकी श्रीषा मिश्रले यो दसैंमा अम्ब्रेला कुर्था लगाइन्। उनको मनपर्ने रंग पहेँलो भएकाले प्रायः उनी पहेँलो रंगकै कपडामा हुन्छिन्। उनी भन्छिन्, ‘पहेँलो रंगले मानव शरीरमा ऊर्जा थप्ने मान्यता भएकाले पहेँलो रंग मनपर्छ। पहेँलो रंगको कपडामा एक्स्ट्रा लुक देखिएको महसुस हुन्छ।’
श्रीषालाई जस्तै बनेपाकी रीता श्रेष्ठलाई पनि पहेँलो रंग असाध्यै मनपर्छ। योपटक भने उनले पहेँलो रंगको टप्स किनिन्। ‘टप्समा सिम्पल देखिने र लगाउन पनि सजिलो हुने भएकाले प्रायः टप्स नै लगाउने गर्छु,’ रीताले भनिन्, ‘आफूलाई मनपर्ने रंग पनि पहेँलो भएकाले होला, यो रंगको कपडामा आफूलाई स्मार्ट फिल हुन्छ। प्रायः पहेँलो रंगका कपडा नै मेरो रोजाइमा पर्ने गर्छन्।’

दसैंको समयमा हरियाली मौसम हुने हुँदा पहेँलो रंगको कपडामा मानिसको मुहार खुल्ने कुपण्डोलस्थित यसिन सिदिकी बुटिककी ड्रेस डिजाइनर विनिशा मानन्धर बताउँछिन्। उनका अनुसार यो मौसममा पहेँलो रंगले मानिसको अनुहार खुल्छ। यसका साथै ब्याक ग्राउन्डमा हरियाली वातावरणमा पहेँलो रंगको पहिरनले तस्बिर पनि राम्रो आउने हुँदा अहिले पहेँलो रंग ट्रेन्ड बसेको छ।

‘यो दसैंमा महिलाका कपडामा गरा, सेइरा र पाइन्ट स्टाइलका कपडाहरुको नै डिमान्ड बढ्यो,’ मानन्धर भन्छिन्, ‘नेपालमा बलिउडको प्रभाव बढी देखिन्छ। बलिउडकै गेटअपको डिमान्ड आउँछ। यसरी नै अहिले गरा र सेइराको माग बढेको छ।’ यस्ता कपडा लगाउन सजिलो हुनुको साथै ट्रेडिसनलसँगै फेसनेबल पनि देखिने हुँदा महिलाको यसमा रुचि बढ्दै गएको छ।

पहेँलो रंगको पहिरनमा महिलो आफूलाई स्ट्यान्डर्ड देखिने हुँदा पनि अहिले यसको टे«न्ड बनेको गगंबुमा रहेको सनवे दा बुटिककी ड्रेस डिजाइनर मिक्सरी पुन बताउँछिन्। ‘पहिला पहेँलो रंगको नाममा एकथरी गाढा रंग मात्र हुन्थ्यो,’ उनले भनिन्, ‘त्यहीँ भएर पहिले मानिसले त्यति रुचि राख्दैनथेँ। अहिले त्यही पहेँलो रंगलाई विभिन्न नाम दिन थालियो, जस्तैः वाइन एल्लो, लेमन एल्लो, पिच एल्लो, गोल्डेन एल्लो, हनी एल्लो, बटर एल्लो आदि। यसले गर्दा पनि मानिसको यो रंगमा आकर्षण बढेको छ।’ अहिले कपडालाई म्याच गरेर लगाउने ट्रेन्ड पनि बढ्दै गएको छ। ड्रेस डिजाइनर पुनका अनुसार कपडाको रंग अनुसारको शृंगार, गर–गहना, ह्यान्ड क्यारी, स्यान्डल लगाउने फेसन बनिसकेको छ। स्टयान्डर्ड र स्टाइलिस देखिन पनि महिलाले ड्रेस म्याच गर्ने गर्छन्।

प्रकाशित: २ कार्तिक २०७६ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App