७ वैशाख २०८१ शुक्रबार
समाज

मृगौला पीडित स्यामकलालाई आर्थिक सहयोग

अर्घाखाँची- दुबै मृगौला फेल भएकी  असुरकोट  जोगिटारी  हाल दाङ लमई ११ निवासी  ४५ वर्षिया  श्यामकला रोकालाई विभिन्न व्यक्तिहरुले उपचारका लागि  आर्थिक सहयोग गरेका छन्। इजरायलमा रोजगारी गर्ने अर्घा बेलटारीका थापा युवराजको पहलमा संकलन भएको  २ लाख २१ हजार रुपैयाँ  हस्तान्तरण गरिएको हो।  सेवा नै धर्म हो अभियानका अभियान्ता युवराजले विभिन्न देशमा रोगजारी गर्नेहरुलाई सहयोग गर्न आग्रह गरेपछि  रकम संकलन भएको थियो । उनले आफूले समेत ४० हजार रुपैयाँ सहयोग छन्।  मृगौला पीडित श्याकलाका छोरा महेश थापालाई युवराजकी आमा कुमारी थापा र श्रीमती कमला थापाले उक्त रकम हस्तान्तरण गरे।

आर्थिक अभावले उपचार गर्न समस्या भएपछि पीडित परिवारले आर्थिक सहयोगका लागि याचना गरिरहेका छन् ।  मृगौला प्रयारोपण गर्न करिव १८ लाख रुपैयाँ खर्च लाग्ने भएपछि उनीहरु समस्यामा परेका हुन् । विदेशमा रोजगारी गर्नेहरुबाट २ लाख  २१ हजार सहयोगले उपचारका लागि ठूलो राहत मिलेको छोरा महेशले बताए।  ‘मृगौला प्रत्यारोपण गर्न ठूलो खर्च लाग्ने भएको छ’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले अझै पनि सहयोगको अपेक्षा गरिरहेका छौं ।’ उनले रकम संकलन गरि सहयोग गर्ने युवराज लगायत सम्पूर्ण सहयोग दाताहरुलाई धन्यवाद दिए । श्यामकला पाँच महिना देखि उपचाररत छिन । उनको अहिले भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएपनि सहयोग रकम संकलन हुन थालेपछि रोकालाई बाच्ने आशा पलाएको छ।

 

 

प्रकाशित: १४ मंसिर २०७३ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App