७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

युवाहरूको उत्थानका लागि पाकिस्तानी सरकारद्वारा ६५ करोड डलरको कार्यक्रम सञ्चालन

इस्लामावाद- युवाहरूको उत्थानका लागि पाकिस्तानी सरकारले ६५ करोड अमेरिकी डलर बराबरको आयोजना सञ्चालनमा ल्याएको छ।

‘सफल यूवा (कामयाव नौजवान) कार्यक्रम’ नाम दिइएको उक्त आयोजनाले यूवाहरूलाई स्रोत तथा अवसर प्रदान गर्ने सरकारी अधिकारीहरूले बताएका पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्। 

कार्यक्रमअन्तर्गत यूवाहरूलाई कुनै उद्यम सञ्चालनका लागि ऋण उपलब्ध गराइने, शैक्षिक तथा सीप विकासका अवसर दिइने र यूवा वेरोजगारसम्बन्धी समस्यालाई सम्बोधन गरी मुलुकको गरिबी नियन्त्रण र अर्थतन्त्र विकासमा टेवा पु-याउने बताइएको छ।

'कार्यक्रम यूवाहरूलाई आर्थिकरूपमा स्वतन्त्र बनाउन र राष्ट्र निर्माणमा उनीहरूको भूमिकालाई महत्व दिन कोसेढुङ्गा सावित हुनेछ' पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कार्यक्रमको उद्घाटन गर्दै इश्लामावादमा बिहीबार बताए।

उनले भने 'कार्यक्रमले उद्यमका लागि यूवाहरूलाई  विभिन्न तीन तहमा ऋण दिनेछ। ऋण ब्याजरहित, छुट तथा नियमित हुनेछ। यस योजनाले मुलुकका विभिन्न शहर तथा ग्रामिण इलाकामा १०० वटा स्मार्ट प्रयोगशाला निर्माण गरिनेछ र यी प्रयोगशालाले यूवाहरूलाई आधुनिक सीप दिनेछ।' 'सरकारले शुरूमा विभिन्न २५ हजार व्यक्तिलाई प्रशिक्षण दिने र रोजगारीको ग्यारेन्टी गर्नेछ' उनले भने।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई विकासको मुलधारमा ल्याउन र राष्ट्रिय अर्थतन्त्रमा योगदान गराउनका लागि सरकारले ५०० भन्दा बढी सीप प्रयोगशाला स्थापना गर्ने र उनीहरूलाई सीप सिकाउने सरकारले बताएको छ। कार्यक्रमबाट करिब १० लाख यूवाहरूले लाभ लिने बताइएको छ। ऋण दिँदा पाकिस्तानको सरकारी सुविधाबाट बञ्चित ४५ जिल्लालाई प्राथमिकता दिइने कार्यक्रमको उद्देश्य रहेको छ।
 
स्थानीय विश्लेषकहरूले यूवाको वेरोजगारी समस्या समाधान गर्न र मुलुकमा आर्थिक सुधार ल्याउनका लागि कार्यक्रम प्रभावकारी हुने भन्दै सरकारको प्रसंशा गरेका छन्। कार्यक्रमले यूवालाई आर्थिक अभावमा केही गर्न नसक्ने अवस्थाबाट छुटकारा दिलाउने र देशको मुद्रा स्फीति तथा बेरोजगार समस्यामा सहयोगी सिद्ध हुने उनीहरूको भनाई छ। सिन्ह्वा

प्रकाशित: १ कार्तिक २०७६ १६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App