coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

को को बन्दैछन् कांग्रेसबाट १० राज्यमन्त्री ?

काठमाडौं– नेपाली कांग्रेसले १० राज्यमन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार प्रधानमन्त्री दाहाललाई पार्टीका तर्फबाट सरकारमा सहभागि हुने राज्यमन्त्रीको नाम बुझाएका हुन्।  

जस अनुसार खानेपानी तथा सरसफाईमा दीपक खडका, उद्योगमा कञ्चनचन्द्र वादे,  सिंचाईमा सुरेन्द्र आचार्य, बाणिज्यमा मिठु मल्ल, श्रममा दिलिप गच्छदार, बनमा सीताराम मेहता, भौतिक पूर्वाधारमा दीर्घराज भाट, सहरी विकासमा सुवर्ण ज्वारचन, स्वास्थ्यमा तारामान गुरुङ र पर्यटमा इन्द्र बानियाँ रहेका छन्।

राज्यमन्त्रीहरुको सम्भवत वुधबार सपथ हुने स्रोतले जनाएको छ।

यस अघि बरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार  जापान जानुअघि जीवन परियार सहित ४ जनाको नाम आफ्नो तर्फबाट राज्यमन्त्री बनाउनु पर्ने भन्दै सभापति देउवालाई सिफारिस गरेका थिए। उनले दिएका नाम मध्येबाट परियार परेनन्।   

यसैगरी कृष्णप्रसाद सिटौला  र खुमबहादुर खड्का पक्षबाट एकएक जना राज्यमन्त्री बन्नेका छन्। जसमा गुरुङ र बानियाँ हुन्।  देउवा पक्षबाट मिठु मल्ल, दिलिप गच्छदार, सीताराम मेहता, दीर्घराज भाट, सुवर्ण ज्वारचन राज्यमन्त्रीमा परेका हुन्।

 

 

प्रकाशित: १४ मंसिर २०७३ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App