८ वैशाख २०८१ शनिबार
समाज

चिरुको रौँ तस्करलाई १० वर्ष जेल सजाय

धादिङ–  दुर्लभ बन्यजन्तु चिरुको रौँ  ओसारपसारमा संलग्न तिब्बतीयन नागरिकसहित ५ जनालाई १० वर्षको जेल सजाय सुनाइएको छ। जिल्ला अदालत धादिङका न्यायाधीश इश्वरराज आचार्यको इजलासले मुद्दा लगाइएका मध्ये ५ जनालाई दोषी ठहर गरी जेल सजाय सुनाएको हो।

दुर्लभ बन्यजन्तु चिरुको रौँ तस्करी उद्योगमा सम्लग्न तिब्बतीयन नागरिक आपे भन्ने पेन्टु लामा, गोरखा जिल्ला छेकम्पार गाविस–८ का लुण्डुप लामा, वाङ्दा लामालाई १० वर्ष जेल सजायाँ र ६० हजार रुपैयाँ जरिवाना गर्न आदेश गरिएको छ।

यसैगरी गोरखा थुमी गाविस–७ का पूर्णबहादुर गुरुङलाई ९ वर्ष जेल सजाय गर्न आदेश गरिएको छ। धादिङ गजुरी गाविस–२ का लिलानाथ सिलवाललाई २ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको आदेश गरिएको छ।

तस्करीमा संलग्न भएको आरोपमा मुद्दा लगाइएका गोरखा छेकम्पार–७ का टेम्पे लामालाई भने सफाइ दिइएको छ । आरोप लगाइएका एक जना फरार रहेको भन्दै फरार आरोपीको हकमा मुद्दा मुल्तबीमा राखिएको जिल्ला अदालतले जानकारी दिएको छ ।

 प्रतिबन्धीत चिरुको रौँ धादिङको गजुरी गाविस–२ का लिलानाथ सिलवालको घरबाट ०६९ माघ २१ गते सिआइबीले सहित बरामद गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सिलवाल तारेखमा रहेका थिए।

लुण्डुप लामा र तिब्बतीयन नागरिक पेन्टु लामा जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । यसैगरी वाङ्दा लामा र पूर्णबहादुर गुरुङ गोरखा जिल्ला कारागारमा चिरुको रौँ ओसारपसार सम्बन्धी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रकाशित: १४ मंसिर २०७३ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App