काठमाडौं– बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। भारतीय मिडियाहरुका अनुसार उनी पछिल्लो तीन दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचार गराईरहेका छन्।
स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान २ बजे अस्पताल भर्ना गरिएको थियो। उनको पछिल्लो स्वास्थ्य अवस्था सार्वजानिक गरिएको भने छैन। उनलाई अस्पतालको गोप्य स्थानमा उपचार भैरहेको छ।
७७ वर्षीया बच्चनलाई कलेजोमा समस्या देखिएको अनुमान गरिएको छ। सन् १९८२ मा चलचित्र ‘कुली’को छायांकनको क्रममा चोट लागेदेखि उनमा समस्या हुन थालेको बताइएको छ।
फिल्म छायांकनको क्रममा चोट लाग्दा उनलाई हस्पतालको गल्तिले हेपाटाइटिस ‘बी’ को बिरामीको रगत चढाइएको थियो। उनको कलेजो ७५ प्रतिशत ड्यामेज भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: १ कार्तिक २०७६ ०७:४२ शुक्रबार