काठमाडौं – एनआरएनको हिजो निर्वाचनमा कुमार पन्तसहित महासचिवमा डा. हेमराज शर्मा विजयी भएका छन। उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, र मन केसी, विजयी भएका छन।
सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन । त्यसैगरी कोशाध्यक्षमा महेश श्रेष्ठ र सहकोशाध्यक्षमा लोकराज दाहाल विजयी भएका छन।
हिजो सम्पन्न निर्वाचन विश्व सम्मेलनको क्रममा हिजो भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत अर्थात २३ सय ४४ मतदान भएको थियोे।
जम्मा मतदाता सख्या २६ सय १३ रहेका थिए। हिजो राती १० बजेदेखि सुरु भएको मतदानको परिणाम सार्वजनिक भएको हो । मतपरिणाम अनुसार मतदान ४२ पदका लागि भएकोमा निर्वाचनमा एक सय २ ले उम्मेदवारी दिएका थिए।
प्रकाशित: १ कार्तिक २०७६ ०५:१५ शुक्रबार