७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा सैनिक हेलिकप्टर दुर्घटना

जकार्ता-इन्डोनेसियाली सेनाको एक हेलिकप्टर चालकलाई दुर्घटना भएको केही दिनपछि जीउँदै उद्धार गरिएको छ।

उक्त हेलिकप्टरमा रहेका अन्य चार व्यक्ति अझै हराइरहेको बताइएको छ ।

बेल ४१२ हेलिकप्टरको भग्नावशेषसँगै यी घाइते चालकलाई आइतबार फेला पारिएको हो । मलेसियाको सीमासँगै दुर्गमस्थानको एक सैनिक केन्द्रमा आवश्यक सामग्री पुर्याउन तीन दिन अगाडि जाँदा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनास्थलसम्म पुग्न निकै कठिन भएकाले चालकलाई डोरीको माध्यमबाट उद्धार गरिएको सेनाका प्रवक्ता सब्रार फाधिलाहले बताए । उनले चालकलाई हाल उपचारका लागि अस्पताल लगिएको जानकारी दिए ।

फधिलाहले उडानको समयमा विमानमा रहेका अन्य चार व्यक्तिलाई उत्तरी कालिमान्तान प्रान्तको पहाडी क्षेत्रमा रहेको दुर्घटनास्थलमा फेला पार्न नसकिएको बताए । उनले खोजी कार्य कायमै रहेको उल्लेख गरे । रासस-एएफपी

प्रकाशित: १४ मंसिर २०७३ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App