७ वैशाख २०८१ शुक्रबार
खेल

जुडोमा भट्टको इतिहास

काठमाडौं – नेपालकी सोनिया भट्टले बुधबार मोरक्कोमा भएको विश्व जुनियर जुडो च्याम्पियनसिपमा खेल जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

नेपालको तर्फबाट सहभागी भएकी ४८ केजी तौलसमूहकी जुडो खेलाडी सोनिया भट्टले प्रतियोगिताको प्रथम बाउटमा मोजाम्बिककी खेलाडी मुनेमी जेनीलाई वाजारी आवासाती इप्पोनले जित्दै नेपालको तर्फबाट जुडो खेलमा इतिहास रचेकी छिन्।

जुडो खेलबाट अहिलेसम्म विश्व प्रतियोगितामा जितेको यो नै पहिलो हो। पहिलो बाउट जितेकी सोनिया दोस्रो बाउटमा जापानकी खेलाडी आइको  वातानाबेसँग पराजित भएकी थिइन्। भट्टको तौलसमूहमा विभिन्न देशका ३१ जना खेलाडी सहभागी भएका थिए। नेपाली खेलाडी भट्टलाई पराजित गर्ने जापानी खेलाडीले पाचौँ स्थान हासिल गरेकी छिन्।

५७ केजी तौलसमूहकी मनिता श्रेष्ठ प्रधान ब्राजिलकी भिक्टोरिया एन्राडेसँग आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि बाजारीमा पूरा समय खेली पराजित भइन्। मनिताको तौलसमूहमा विभिन्न देशका ४२  खेलाडी सहभागी थिए।

प्रकाशित: १ कार्तिक २०७६ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App