coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ह्यान्डबलको अन्तिम छनोट

पोखरा – नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने ह्यान्डबल महिला तथा पुरुष खेलाडीहरूको बिहीबार पोखरामा अन्तिम छनोट सम्पन्न गरिएको छ।

यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा १३औं सागअन्तर्गत हुने ह्यान्डबल महिला र पुरुषतर्फ समान १६ खेलाडी अन्तिम छनोटमा परेका हुन्।

नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार पुरुषतर्फ छनोटमा परेका खेलाडीहरूमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपकसिंह बोहोरा, सन्दीप कार्की, रणसिं रावत, इन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आशिष अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन्।

यसै गरी महिलातर्फ छनोटमा परेकाहरूमा बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आइतालामु शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा रहेका छन्।

छनोट समितिले  पुरुष र महिलातर्फ ५/५ जना वैकल्पिक खेलाडीसमेत छनोट गरेको छ। महिलातर्फ वैकल्पिक खेलाडीमा जिना राई, साधना बम, विष्णा बोगटी, देवी श्रेष्ठ र मञ्जु राउत छन् भने पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रवीण गुरुङ, जोनेश पूर्जा र पवन छन्त्याल छन्।

छनोट समितिमा नेपाल ह्यान्डबल संघका उपाध्यक्ष जीवन बस्नेत, नेपाल ह्यान्डबल संघका सचिव केशव पाठक, विदेशी प्रशिक्षक (पोर्चुगल)जोआ फ्लोरेन्सियो, ह्यान्डबलका मुख्य प्रशिक्षक एवम् तालिम तथा प्रशिक्षण विभाग राखेपका उपनिर्देशक हिमालराज दाहाल र वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण रहेका थिए।       

खेलाडी छनोट घोषणा कार्यक्रममा बोल्दै संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले खेलाडीहरूले अनुशासनलाई प्राथमिकताका साथ पालना गर्न आग्रह गरे। यसै गरि ह्यान्डबलका उपाध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले सागमा सबै खेलाडीले राष्ट्रको गरिमालाई माथि उठाउने गरी आफ्नो खेल प्रस्तुत गर्न सक्दो प्रयास गर्न अनुरोध गरे।

प्रकाशित: १ कार्तिक २०७६ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App