coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जबर्जस्ती करणी गर्ने अभियुक्त जेल चलान

भक्तपुर – २८ वर्षीय युवतीलाई जबर्जस्ती करणी गरी फरार रहेका दुई व्यक्तिलाई जेल चलान गरिएको छ। २०७६ असोज ३ गते राति साढे ८ बजेतिर भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित जंगलमा ती युवतीलाई जबर्जस्ती गर्ने उनीहरूलाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

अपरिचित दुई व्यक्तिले २८ वर्षीय युवतीलाई जबर्जस्ती करणी गरी फरार भएको भन्ने उजुरी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले अनुसन्धान तथा खोजतलास थालेको थियो। सोही क्रममा सिसिटिभी क्यामरामा देखिएको हुलियाका आधारमा अभियुक्तहरुको पहिचान गरी २०७६ असोज ४ गते बिहान दुवैलाई पक्राउ गरिएको थियो।

जबर्जस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान कार्य सम्पन्न गरी भक्तपुर जिल्ला अदालतमा पेस गरिएकोमा अहिले भक्तपुर जिल्ला अदालतको आदेशअनुसार अभियुक्त भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ किवाचोक बस्ने १९ वर्षीय सन्तोष माकजूलाई पुर्पक्षका लागि थुनामा राख्न डिल्लीबजार कारागार पठाइएको छ।

उनीहरूमध्ये अर्का नाबालक बाल बिज्याइँकर्तालाई अभिभावकको जिम्मा लगाई तारेखमा छाडिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। पीडित महिलालाई संरक्षणको लागी संरक्षण गृहमा राखिएको जनाइएको छ।

प्रकाशित: १ कार्तिक २०७६ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App