coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानको आँधीमा मृत्यु हुनेको संख्या ७७ पुग्यो

फाइल तस्बिर:नागिरक

टोकियो (एजेन्सी) – जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरणअनुसार आँधीका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ।

केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानमा ठूलो जनधनको क्षति भएको छ। यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ।

अधिकारीहरुका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरमा बाढीको असर बाँकी नै रहेको छ। आँधीले एक हजार सात सय घर पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यसैगरी, २३ हजार हेक्टर क्षेत्रफल जमिनमा आँधीले असर पारेको जापानको भूमि मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: १ कार्तिक २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App