७ वैशाख २०८१ शुक्रबार
समाज

'सरकारले २४ वर्षभित्र गरिवी निवारण गरिसक्छ'

काठमाडौं– सरकारले २४ वर्षभित्र मुलुकमा गरिवी निवारण गरिसक्ने लक्ष्य लिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले आगामी २४ वर्षभित्र नेपाललाई गरिवीमुक्त राष्ट्र बनाउने लक्ष्य लिइएको बताएका हुन्।

अन्तराष्ट्रिय गरिवी निवारण दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिवी निवारणका लागि सरकारले सो सम्बन्धि छुट्टै नीति तय गरेको पनि स्पष्ट पारे।

मुलुकमा १८ दशमलव ७ प्रतिशत नागरिक गरिवीको रेखामुनि रहेको सरकारी तथ्यांक छ। सचिव गौतमले गरिवीको रेखामुनि रहेका ती जनसंख्यालाई गरिवीबाट मुक्त गराउन सम्बन्धित सबै पक्षको संयुक्त पहलको आवश्यक्तामा पनि जोड दिए।

सचिव गौतमले सरकारले गरिवी निवारणका लागि आयआर्जनका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको पनि उल्लेख गरे।

प्रकाशित: ३० आश्विन २०७६ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App