coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भोकमरीको सूचीमा नेपाल ७३ नम्बरमा

काठमाडौं – नेपाल भोकमरीको सूचीमा ७३ औं स्थानमा परेको छ। ग्लोबल हंगर इन्डेक्स (जिएचआई) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संसारभरका एक सय १७ देशमध्ये नेपाल ७३औं स्थानमा परेको हो। छिमेकी मुलुक भारत नेपालभन्दा पछाडि परेको छ। भारत एक सय दुई नम्बरमा परेको हो।

सूची अनुसार श्रीलंका ६६, बंगलादेश ८८ र पाकिस्तान ९४औं स्थानमा छन्। भारतको स्थान दक्षिण एसियाली राष्ट्रमध्ये श्रीलंका, नेपाल, बंगलादेश र पाकिस्तानभन्दा खराब रहेको बताइएको छ। दक्षिण एसियाली राष्ट्रमा भारतभन्दा पछाडि अफगानिस्तान मात्र छ। अफगानिस्तान एक सय आठ नम्बरमा छ। मालदिभ्स सूचीमा समेटिएको छैन। भुटानकोे तथ्यांक नपाएको बताइएको छ।

एक सय १७ मुलुकमध्ये ४३ मुलुक भोकमरीको गम्भीर अवस्थामा छन्। चार मुलुक चाड, माडागास्कार, यमन र गाम्बिया भोकमरीको अति गम्भीर अवस्थामा र सेन्ट्रल अफ्रिकन रिपब्लिक ज्यादै गम्भीर अवस्थामा रहेको सूचीले देखाएको छ। उच्च आयस्रोत भएका मुलुकलाई भने यो सूचीमा समावेश गरिएको छैन 

भारत एसियाको तेस्रो र दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश भए पनि यो सूचीमा राम्रो अवस्थामा छैन। भारत एसियाली मुलुकको मात्र नभएर दक्षिण एसियाली राष्ट्रमध्ये पनि पुछारमा छ।

सूचीमा पछिल्लो स्थान तिर पर्ने मुलुकका बासिन्दालाई पर्याप्त खान नभएको मानिन्छ। यस्तै बाल मृत्युदर धेरै रहेको, बालबालिकाको उचाइअनुसार तौल कम रहेको र कुपोषण भएको मानिन्छ।

प्रकाशित: ३० आश्विन २०७६ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App